• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    रविको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाइ जारी, केही बेरमा आदेश आउन सक्ने

    • lumbinisanjal
    • २०८२ जेष्ठ ६, मंगलवार १६:२०
    1.8K
    SHARES
    रविको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाइ जारी, केही बेरमा आदेश आउन सक्ने

    बुटवल ,६ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिटमाथि सुनुवाइ जारी रहेको छ ।

    मंगलबार सर्वोच्च अदालतमा न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा उक्त रिटमाथि सुनुवाइ भइरहेको हो । सम्भवतः आजै आदेश आउने जनाइएको छ ।

    लामिछानेका तर्फबाट उनकी पत्नी निकिता पौडेलले गत ७ वैशाखमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरेकी थिइन् । यसअघि पटक–पटक पेसी तोकिए पनि रिट ‘हेर्न नमिल्ने’ मा पर्दै आएको थियो ।

    उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गत चैत २२ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध लामिछानेले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । हाल लामिछाने रुपन्देही कारागारमा छन् ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ ६, मंगलवार १६:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP