• २०८३ श्रावण १३ | Wed, 29 Jul 2026
  • Dark Mode

          Subscribe

    वेस्टर्न मेगा कलेजमा ‘रिसर्च आर्टिकल राइटिङ एन्ड डिसर्टेसन टपिक सेलेक्सन’ सम्बन्धी अभिमुखीकरण

    • lumbinisanjal
    • २०८३ श्रावण ११, सोमबार १५:४३
    195
    SHARES
    वेस्टर्न मेगा कलेजमा ‘रिसर्च आर्टिकल राइटिङ एन्ड डिसर्टेसन टपिक सेलेक्सन’ सम्बन्धी अभिमुखीकरण

    बुटवल । रुपन्देहीको बुटवल–१५ स्थित वेस्टर्न मेगा कलेजले एमबीए तहका विद्यार्थीलाई लक्षित गर्दै ‘Research Article Writing and Dissertation Topic Selection’ विषयक दुईदिने विशेष कार्यशाला सम्पन्न गरेको छ। अनुसन्धान लेखन तथा शोधपत्रका लागि उपयुक्त विषय छनोटसम्बन्धी व्यावहारिक र प्राविधिक ज्ञान प्रदान गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको कलेजले जनाएको छ।

    श्रावण ९ र १० गते सञ्चालन भएको कार्यशालामा एमबीए 03–2024, 09–2024 र 03–2025 ब्याचका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यशालामा कलेजका एमबीए संयोजक गोपाल खनालले मुख्य प्रशिक्षकका रूपमा सहजीकरण गर्दै अनुसन्धान लेखको संरचना, लेखन प्रक्रिया, डिसर्टेसनका लागि प्रभावकारी शीर्षक छनोट तथा अनुसन्धानलाई गुणस्तरीय बनाउने व्यावहारिक पक्षबारे प्रशिक्षण दिएका थिए।

    कलेजका प्राचार्य अधिवक्ता किसु शर्माले आजको प्रतिस्पर्धी र आधुनिक युगमा विद्यार्थीलाई केवल सैद्धान्तिक शिक्षामा सीमित नराखी अनुसन्धान, विश्लेषणात्मक सोच र व्यावसायिक दक्षता विकासमा जोड दिनुपर्ने बताए। उनले विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने लक्ष्यसहित वेस्टर्न मेगा कलेजले यस्ता अनुसन्धानमुखी तथा नवप्रवर्तनात्मक कार्यक्रमलाई निरन्तर प्राथमिकता दिँदै आएको उल्लेख गरे।

    कलेजमा चारवर्षे BIT र BHM तथा दुईवर्षे MBA कार्यक्रम सञ्चालनमा रहेको र शैक्षिक सत्र २०८३ का लागि भर्ना पनि खुला रहेको कलेज प्रशासनले जनाएको छ।

     



    lumbinisanjal   
  • २०८३ श्रावण ११, सोमबार १५:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP