• २०८३ श्रावण १२ | Tue, 28 Jul 2026
  • Dark Mode

          Subscribe

    तम्घास बजार जोगाउन निर्णायक पहल, मन्त्री–नगरप्रमुख छलफलबाट बाइपासमा सहमति

    • lumbinisanjal
    • २०८३ श्रावण १२, मंगलवार १९:३७
    130
    SHARES
    तम्घास बजार जोगाउन निर्णायक पहल, मन्त्री–नगरप्रमुख छलफलबाट बाइपासमा सहमति

    बुटवल  । निर्माणाधीन रिडी–तम्घास मदन भण्डारी राजमार्गको रेखाङ्कनका क्रममा तम्घास बजार क्षेत्रलाई जोगाउँदै सडक निर्माण अगाडि बढाउने विषयमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थी बीच गहन छलफल भएको छ।

    छलफलका क्रममा तम्घास बजारको ऐतिहासिक, आर्थिक तथा सामाजिक महत्वलाई दृष्टिगत गर्दै बजार क्षेत्रलाई संरक्षण गर्ने विषयमा सैद्धान्तिक सहमति भएको छ। साथै, रेसुङ्गा नगरपालिकाले अघि सारेको वैकल्पिक बाइपास सडकको प्रस्तावलाई आधार मानी तत्काल अध्ययन, आवश्यक प्रक्रिया तथा कार्यान्वयन अघि बढाउने सहमति भएको जनाइएको छ।

    यस पहलले तम्घास बजारको मौलिकता जोगाउँदै विकासलाई पनि निरन्तरता दिने विश्वास व्यक्त गरिएको छ। स्थानीय नागरिक, व्यवसायी तथा समग्र जिल्लाको दीर्घकालीन हितलाई केन्द्रमा राखेर सडक निर्माण प्रक्रिया अघि बढाइने बताइएको छ।

    मन्त्री सुनिल लम्सालले विकास र सम्पदाबीच सन्तुलन कायम गर्नु सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै भने, “मदन भण्डारी राजमार्ग प्रदेशको गौरवको आयोजना हो। तर विकासका नाममा ऐतिहासिक बजारको अस्तित्व संकटमा पर्नु हुँदैन। तम्घास बजारलाई जोगाउँदै वैकल्पिक समाधानमार्फत सडक निर्माण अघि बढाउने दिशामा सरकार प्रतिबद्ध छ। स्थानीय तहसँग समन्वय गरेर आवश्यक प्रक्रिया छिटो अघि बढाइनेछ।”

    नगरप्रमुख खिलध्वज पन्थीले तम्घास बजार जिल्लाको आर्थिक तथा सांस्कृतिक केन्द्र भएकाले यसको संरक्षण अपरिहार्य रहेको बताउँदै  विकास चाहिन्छ तर आफ्नो पहिचान र इतिहास जोगाएर गर्नु अपरिहार्य हुन्छ ।

    मन्त्रीज्यूसँगको छलफल अत्यन्त सकारात्मक भएको छ। नगरपालिकाले प्रस्ताव गरेको बाइपास मार्गको अध्ययन र कार्यान्वयनमा सहमति हुनु तम्घासवासीका लागि सुखद खबर हो। बजारलाई सुरक्षित राख्दै आधुनिक पूर्वाधार निर्माण गर्ने दिशामा हामी सबै एकजुट भएर अघि बढ्नेछौँ, नगर प्रमुख पन्थीले भन्नुभयो ।



    lumbinisanjal   
  • २०८३ श्रावण १२, मंगलवार १९:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP