• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    टोपबहादुर रायमाझी रिहा

    • lumbinisanjal
    • २०८३ कार्तिक २७, बिहीबार ०८:२३
    130
    SHARES
    टोपबहादुर रायमाझी रिहा

    नेकपा एमालेका नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलबाट रिहा भएका छन्।

    उनी आज (बिहीबार) बिहानै डिल्लीबजार कारागारबाट छुटेका हुन्।

    ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कैद छुट सुविधाअनुसार उनी रिहा भएका हुन्।

    ज्येष्ठ नागरिकलाई कैद सजायमा २५ प्रतिशत छुट दिने कानुनी व्यवस्था छ।

    नक्कली भुटानी शरणार्थी मुद्दामा २०८० वैशाख २० मा पक्राउ गरिएका उनलाई काठमाडौँ जिल्ला अदालतले २०८३ असार ३० गते ४ वर्ष कैद सजाय सुनाएको थियो।



    lumbinisanjal   
  • २०८३ कार्तिक २७, बिहीबार ०८:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP