• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    सुनचाँदीको भाउ घट्ने क्रम जारी

    • lumbinisanjal
    • २०८३ बैशाख १७, बिहीबार ११:५५
    897
    SHARES
    सुनचाँदीको भाउ घट्ने क्रम जारी

    काठमाडौं,१७ वैशाख । बिहीबार पनि सुनचाँदीको भाउ घट्ने क्रम जारी रह्यो । अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला १ हजार ८ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९२ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ९४ हजार ५ सयमा कारोबार भएको थियो । हिजो सुनको भाउ ३ हजार घटेको थियो भने मंगलबार पनि ३ हजार घटेको थियो । समग्र तीन दिनमा सुनको भाउ ७ हजार ८ सय रुपैयाँ घटेको छ ।

    त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा १०५ रुपैयाँ घटेसँगै ४ हजार ८१० रुपैयाँमा झरेको छ । अघिल्लो दिन ४ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो । गत बिहीबार चाँदी प्रतितोला ५ हजार २० रुपैयाँमा कारोबार भएको थियो ।



    lumbinisanjal   
  • २०८३ बैशाख १७, बिहीबार ११:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP