• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026
  • Dark Mode

          Subscribe

    लियो क्लब अफ बुटवल मणिमुकुन्दको ११औँ पद हस्तान्तरण तथा सम्मान समारोह सम्पन्न

    • lumbinisanjal
    • २०८३ श्रावण ११, सोमबार १०:१४
    26
    SHARES
    लियो क्लब अफ बुटवल मणिमुकुन्दको ११औँ पद हस्तान्तरण तथा सम्मान समारोह सम्पन्न

    बुटवल । लियो क्लब अफ बुटवल मणिमुकुन्दको ११औँ पद हस्तान्तरण तथा सम्मान समारोह बुटवलस्थित दियालो फुडल्याण्ड, कालिकानगरमा भव्य रूपमा सम्पन्न भएको छ।

    समारोहको पहिलो चरणमा तत्कालीन अध्यक्ष (IPP) लियो बिजन मान थैबले नेतृत्व वर्ष २०२५/२०२६ मा उत्कृष्ट योगदान पुर्‍याउने कार्यक्रम संयोजकहरूलाई प्रशंसापत्र प्रदान गर्दै उनीहरूको योगदानको सम्मान गर्नुभयो।

    साथै क्लबका कोषाध्यक्षद्वारा आर्थिक प्रतिवेदन तथा सचिवद्वारा वर्ष २०२५/२६ का वार्षिक कार्यक्रम तथा गतिविधिहरूको प्रतिवेदन प्रस्तुत गरिएको थियो। प्रस्तुत प्रतिवेदनहरूमा क्लबले वर्षभरि सञ्चालन गरेका सेवा, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूको समीक्षा गरिएको थियो।

    त्यसपछि उहाँले नेतृत्व वर्ष २०२६/२७ का लागि नवनिर्वाचित अध्यक्ष लियो सचिन्द्र राज अमात्यलाई औपचारिक रूपमा अध्यक्षीय जिम्मेवारी हस्तान्तरण गर्नुभयो।

    समारोहमा लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ पी की जिल्ला अध्यक्ष लियो,लायन सुष्मा बस्याल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी अतिथिहरुमा एरिया चिफ लियो,लायन जीवन शर्मा, लायन्स क्लब अफ बुटवल मणिमुकुन्दका निवर्तमान अध्यक्ष लायन विजय खनाल PMJF, वर्तमान अध्यक्ष लायन इ. सुमन श्रेष्ठ, क्लबका संस्थापक अध्यक्ष अब्दुल साजिद ,क्लबका पूर्व अध्यक्षहरू तथा लियो क्लब अफ बुटवल मणिमुकुन्दका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    अतिथिहरूले विगत नेतृत्वको सफल कार्यकालको प्रशंसा गर्दै नवनिर्वाचित नेतृत्वलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभयो। साथै, सेवा, नेतृत्व र सामाजिक उत्तरदायित्वलाई थप प्रभावकारी रूपमा अगाडि बढाउने विश्वास व्यक्त गरिएको थियो।

    समारोहमा सहभागी सम्पूर्ण अतिथि, पूर्व अध्यक्ष, सदस्य तथा सहयोगीहरूलाई क्लबले हार्दिक धन्यवाद ज्ञापन गर्दै विगतका उपलब्धिहरूलाई आत्मसात् गर्दै सेवाको नयाँ यात्रामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।



    lumbinisanjal   
  • २०८३ श्रावण ११, सोमबार १०:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP