• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    बुटवल जेसीजको ‘जेसीज सप्ताह २०२६’ सुरु: नवनिर्मित सभाकक्षको उद्घाटन र पूर्व-परिचयात्मक तालिम सम्पन्न

    • lumbinisanjal
    • २०८३ श्रावण ९, शनिबार २३:१६
    65
    SHARES
    बुटवल जेसीजको ‘जेसीज सप्ताह २०२६’ सुरु: नवनिर्मित सभाकक्षको उद्घाटन र पूर्व-परिचयात्मक तालिम सम्पन्न

    बुटवल ।  बुटवल जेसीजको आयोजनामा ‘जेसीज सप्ताह २०२६’ शनिबारदेखि भव्य रूपमा सुरु भएको छ। सप्ताहको पहिलो दिन जेसीज सप्ताहको समुद्घाटनसँगै बुटवल जेसीजको नवनिर्मित सभाकक्षको समेत औपचारिक उद्घाटन गरिएको छ।

    सप्ताहको पहिलो दिन समुद्घाटन समारोह र नवप्रवेशी सदस्यहरूका लागि ‘पूर्व-परिचयात्मक तालिम’ (Pre-Induction Training) सम्पन्न भएको छ।

    उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले युवाहरूको नेतृत्व विकास र सामाजिक रूपान्तरणमा बुटवल जेसीजले खेल्दै आएको भूमिकाको प्रशंसा गर्नुभयो।
    कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष अनुपमान सैजु, बुटवल जेसीज बोर्ड अफ ट्रस्टिजका अध्यक्ष निर्मलप्रसाद लाकौल तथा बुटवल लेडी जेसीजकी अध्यक्ष रुपा पाठक श्रेष्ठले सप्ताहको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रममा जेसीज आस्थापाठ कार्यक्रम संयोजक गोकर्ण खरेलले गराउनुभएको थियो।

    सोही अवसरमा नवप्रवेशी जेसीज सदस्यहरूका लागि आयोजित पूर्व-परिचयात्मक तालिममा बुटवल जेसीजका पूर्व अध्यक्षहरू मनोज भट्टराई, राजु पौडेल र मोहन न्यौपानेले प्रशिक्षकका रूपमा सहजीकरण गर्नुभएको थियो।

    कार्यक्रमका अध्यक्ष एवम् बुटवल जेसीज वर्ष २०२६ का अध्यक्ष जेसीआई सिनेटर यदुमणि पोख्रेलले पहिलो दिनको कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो। उहाँले जेसीज सप्ताह अन्तर्गत साउन १६ गतेसम्म विभिन्न सामाजिक, शैक्षिक, बौद्धिक तथा नेतृत्व विकासका कार्यक्रमहरू निरन्तर सञ्चालन हुने जानकारी दिनुभयो।

    ​विभिन्न छिमेकी शाखाका अध्यक्षहरू, जेसीजका पूर्व अध्यक्षहरू, पदाधिकारीहरू तथा सदस्यहरूको बाक्लो उपस्थिति रहेको उक्त समुद्घाटन समारोहसँगै सुरु भएको जेसीज सप्ताह आगामी साउन १६ गतेसम्म सञ्चालन हुनेछ।



    lumbinisanjal   
  • २०८३ श्रावण ९, शनिबार २३:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP