• २०८३ आश्विन ४ | Sun, 20 Sep 2026
  • Dark Mode

          Subscribe

    एन्फाका कोषाध्यक्ष र लेखापाल पक्राउ

    • lumbinisanjal
    • २०८३ आश्विन २, शुक्रबार २२:०९
    208
    SHARES
    एन्फाका कोषाध्यक्ष र लेखापाल पक्राउ

    बुटवल । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र लेखापाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएको छ।

    कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सन्जिव पाण्डेलाई सीआईबीले नियन्त्रणमा लिएको हो।

    एन्फामा आर्थिक अनियमितता गरेको आरोपमा सीआईबीले अनुसन्धान थालेको हो। शुक्रबार दिउँसो एन्फा कार्यालय सातदोबाटोमा गएर सीआईबीले कागजात, कम्प्युटर र मोबाइल पनि बरामद गरेको छ।

    अहिले पक्राउ परेका दुवै जनालाई सीआईबीको कार्यालय लाजिम्पाट लगिएको छ। सोधपुछ भइरहेको र आवश्यक परे हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउने सीआईबीको तयारी छ।



    lumbinisanjal   
  • २०८३ आश्विन २, शुक्रबार २२:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP