• २०८३ आश्विन १८ | Sun, 04 Oct 2026
  • Dark Mode

          Subscribe

    पहिले नै राजीनामा दिएका आचार्यलाई ‘पदमुक्त’ गरेको सरकारको दाबी गलत

    • lumbinisanjal
    • २०८३ बैशाख २२, मंगलवार २०:२३
    1.4K
    SHARES
    पहिले नै राजीनामा दिएका आचार्यलाई ‘पदमुक्त’ गरेको सरकारको दाबी गलत

    बुटवल, २२ वैशाख ।  राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष ध्रुव आचार्यले आफूलाई सरकारले पदमुक्त गरेको भनाइप्रति आपत्ति जनाएका छन्। उनले आफूले यसअघि नै पदबाट राजीनामा दिइसकेको स्पष्ट पारेका छन्।

    आचार्यका अनुसार उनले मिति २०८२ चैत १८ गते नै युवा तथा खेलकुद मन्त्रालयको आधिकारिक इमेलमार्फत तथा मन्त्रीको व्हाट्सएपमा राजीनामा पत्र पठाइसकेका थिए। “मैले पहिले नै राजीनामा दिइसकेको अवस्थामा अहिले आएर पदमुक्त गरिएको भनिनु तथ्यसँग मेल खाँदैन,” उनले बताएका छन्।

    हेर्नुहोस उनको फेसवुक स्टाटस :

    उनले सरकारले सार्वजनिक गरेको सूचनालाई भ्रामक भन्दै आपत्ति जनाएका छन्। “सरकारले यस्तो किसिमको अनधिकृत पत्राचार गर्दै समाचार सम्प्रेषण हुने वातावरण सिर्जना गर्नु नागरिकप्रति जिम्मेवार र जवाफदेही नभएको संकेत हो,” आचार्यको भनाइ छ।
    आचार्यले यस्ता गतिविधिले भ्रम सिर्जना गर्ने र सत्ता टिकाउने खेलतर्फ सरकार उन्मुख भएको आरोप समेत लगाएका छन्। “यस्ता घटनाले सरकारको कार्यशैलीबारे गम्भीर प्रश्न उठाउँछ,” उनले भने।

    यसअघि युवा तथा खेलकुद मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीहरू पदमुक्त गरिएको जनाएको थियो, जसमा आचार्यको नाम पनि समावेश थियो।

    हेर्नुहोस राजिनामाको पत्र :



    lumbinisanjal   
  • २०८३ बैशाख २२, मंगलवार २०:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP