• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    तिलोत्तमामा सातौँ जिल्ला स्तरीय तेक्वान्दो च्याम्पियनसिप हुने

    • lumbinisanjal
    • २०८३ आश्विन १६, शुक्रबार २२:३४
    494
    SHARES
    तिलोत्तमामा सातौँ जिल्ला स्तरीय तेक्वान्दो च्याम्पियनसिप हुने

    यमुना थारू । तिलोत्तमा तेक्वान्दो एकेडेमीको आयोजनामा सातौँ जिल्ला स्तरीय तेक्वान्दो च्याम्पियनसिप–२०८३ आयोजना हुने भएको छ।

    प्रतियोगिता २०८३ साल असोज १७ गते तिलोत्तमा नगरपालिका–४, सिमनगर हाटबजारमा सञ्चालन हुनेछ।

    प्रतियोगितामा २०० भन्दा बढी खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ। विभिन्न विद्यालय तथा डोजाङ गरी ८ वटा गरि २०० भन्दा बढि खेलाडीहरु सहभागी हुने छन्न भने विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा २४ स्वर्णसहित कुल ९६ पदकका लागि प्रतिस्पर्धा हुने बताइएको छ।

    ‘Discipline, Respect, Self Control, Stronger Together’ अर्थात् अनुशासन, सम्मान, आत्मनियन्त्रण र एकतामा जोड दिँदै आयोजना हुन लागेको प्रतियोगिताले खेलाडीहरूको प्रतिभा उजागर गर्नुका साथै तेक्वान्दो खेलको विकास र प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    त्यस्तै, ‘Small Steps, Big Dreams’ भन्ने सन्देशसहित आयोजना हुन लागेको प्रतियोगिताले नयाँ पुस्तालाई खेलकुदप्रति आकर्षित गर्दै अनुशासन, आत्मविश्वास र सकारात्मक सोचको विकासमा समेतमा सहयोग पुग्ने विश्वास आयोजकको बिस्नु कुमार चौधरीले जानकारी दिनु भएको छ।



    lumbinisanjal   
  • २०८३ आश्विन १६, शुक्रबार २२:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP