• २०८३ मंसिर ६ | Sat, 21 Nov 2026
  • Dark Mode

          Subscribe

    देउवापार गाइजको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा यमन न्यौपाने चयन

    • lumbinisanjal
    • २०८३ मंसिर ६, शनिबार २०:५०
    130
    SHARES
    देउवापार गाइजको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा यमन न्यौपाने चयन

    सैनामैना । देउवापार गाइजको दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ। अधिवेशनले एमन न्यौपानेको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

    क्लबका अध्यक्ष विशाल पौडेलको अध्यक्षतामा सम्पन्न अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको हो।

    मदन घिमिरेको संयोजकत्वमा गठित तीन सदस्यीय निर्वाचन समितिमा मनिष घिमिरे र प्रज्ञान न्यौपाने सदस्य रहेका थिए। निर्वाचन समितिमार्फत नयाँ नेतृत्व चयन गरिएको हो।

    नवगठित कार्यसमितिको उपाध्यक्षमा हेमन्त बस्याल र मोनिका घिमिरे, सचिवमा आर्यन घिमिरे, सहसचिवमा मुस्कान घिमिरे र विकास गैरे, कोषाध्यक्षमा प्रशिद्ध भट्टराई तथा सहकोषाध्यक्षमा श्रेया अधिकारी चयन भएका छन्।

    त्यसैगरी सदस्यहरूमा सौरभ पोख्रेल, दिव्या न्यौपाने, सृष्टि बेल्वासे, सुगम बेल्वासे, रोजल न्यौपाने, अनिल पौडेल, सुशील न्यौपाने, विधान बेल्वासे र शिशिर न्यौपाने चयन भएका छन्।

    अधिवेशनले सुशील न्यौपानेको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति पनि गठन गरेको छ। लेखा समितिको सदस्यमा हेमन्त बस्याल र मुस्कान घिमिरे रहेका छन्।

    अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै क्लबका आगामी गतिविधि तथा सामाजिक र रचनात्मक कार्यलाई थप प्रभावकारी रूपमा अगाडि बढाउने अपेक्षा गरिएको छ।



    lumbinisanjal   
  • २०८३ मंसिर ६, शनिबार २०:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP