• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    • lumbinisanjal
    • २०८२ चैत्र २५, बुधबार १३:२४
    546
    SHARES
    देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    बुटवल ,२५ चैत । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

    उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको हो । उनीहरू हाल नेपालबाहिर रहेका छन् ।

    गत २४ भदौमा जेन–जी विद्रोहका क्रममा देउवाको निवासमा आगजनी भएको थियो । त्यसक्रममा उनको निवासमा पैसा जलेको अवस्थामा भेटिएको थियो ।

    सोही दिनको घटनाबारे अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपाली कांग्रेसकै नेता दीपक खड्कालाई पक्राउ गरेको छ ।



    lumbinisanjal   
  • २०८२ चैत्र २५, बुधबार १३:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP