• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार-२०८१ आचार्यलाई प्रदान

    • lumbinisanjal
    • २०८२ पुष ४, शुक्रबार ००:५७
    1.4K
    SHARES
    उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार-२०८१ आचार्यलाई प्रदान

    बुटवल ,०४ पुस । रुपन्देहीलाई मुख्य आधारमानी सकृय पत्रकार प्रकाश आचार्य उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार-२०८१ बाट पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देही र रूपन्देही उद्योग संघद्वारा स्थापित पुरस्कार यस वर्ष आचार्यलाई प्रदान गरिएको हो ।

    रूपन्देही उद्योग संघको आयोजनामा बिहीबारदेखि बुटवलमा सुरु भएको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव उद्घाटन समारोहमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. रामेश्वर खनाल र संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले ४८ हजार १५५ रूपैयाँ राशीसहित सम्मानपत्र र दोसल्लाले पुरस्कृत गरेका हुन ।

    आचार्य मेचीकाली दैनिक बुटवलको संवाददाता र लोकान्तर डटकम को लुम्बिनी प्रदेश संवाददाताको रुपमा कार्यरत छन । वि.स.२०६८ सालदेखि रुपन्देहीसहित लुम्बिनी प्रदेशलाई आफ्नो कर्मक्षेत्र बनाएर पत्रकारितामा सक्रिय आचार्यले यसअघि प्रेस काउन्सिल विद्यागत पत्रकारिता पुरस्कार पनि प्राप्त गरिसकेका छन् ।

    नेपाल पत्रकार महासंघ रुपन्देहीसँगको सहकार्यमा रुपन्देही उद्योग संघले वि.स. २०५७ सालमा स्थापना गरेको यो पुरस्कारबाट यसअघि २५ जना पत्रकार पुरस्कृत भइसकेका छन् ।

    यस वर्षको पुरस्कार छनोटको लागि मूल्याङकन समितिको संयोजकमा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष यानेन्द्र जिसी र सदस्यहरूमा अर्थविद् मनिकर कार्की र रुपन्देही उद्योग संघका निर्वतमान अध्यक्ष दिलिप सापकोटा सदस्य थिए । पुरस्कार वितरण समारोहमा बोल्दै संयोजक जिसीले रुपन्देहीको आर्थिक र उद्योग क्षेत्रको विकासमा यो पुरस्कार थप प्रेरणा र हौसला मिल्ने बताए ।



    lumbinisanjal   
  • २०८२ पुष ४, शुक्रबार ००:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP