• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026
  • Dark Mode

          Subscribe

    एसईई परीक्षामा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड

    • lumbinisanjal
    • २०८२ असार १३, शुक्रबार २१:१५
    3.8K
    SHARES
    एसईई परीक्षामा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड

    काठमाडौं,१३ असार । एसईई परीक्षा २०८१ को नतिजा सार्वजनिक हुँदा ६१ दशमलब ८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्।

    राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार साँझ सार्वजनिक गरेको नतिजाअनुसार जम्मा विद्यार्थीको ६१ दशमलब ८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् ।

    बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले पत्रकार सम्मेलन गरेर उक्त कुराको जानकारी दिएका हुन् ।

    २०८१ चैत ७ गते देखि भएको परीक्षामा नियमित तर्फ ४ लाख ३१ हजार चार सय ६६ र ग्रेड वृद्धितर्फ ६७ हजार सात सय १५ सहित चार लाख ९९ हजार एक सय ८३ विद्यार्थी सहभागी भएका थिए ।

    एसईई परीक्षको नतिजा

    ३.६ देखि ४ जीपीए ल्याउने ४८ हजार १७७
    ३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५
    २.८ देखि ३.२ जीपीए ल्याउने ८९ हजार १२४
    २.४ देखि २.८ जीपीए लयाउने ४८ हजार ४७९
    २ देखि २.४ जीपीए ल्याउने ४ हजार १२६
    १.६ देखि २ जीपीए ल्याउने ८ जना
    १२६ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ
    अवगर्गीकृत परीक्षार्थीको संख्या-१ लाख ६७ हजार ५९७



    lumbinisanjal   
  • २०८२ असार १३, शुक्रबार २१:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP