• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026
  • Dark Mode

          Subscribe

    बुटवलमा ‘दोस्रो लुम्बिनी क्लासिक राष्ट्रिय डेडलिफ्ट प्रतियोगिता’ हुँदै

    • lumbinisanjal
    • २०८२ पुष २, बुधबार १७:४७
    1.8K
    SHARES
    बुटवलमा ‘दोस्रो लुम्बिनी क्लासिक राष्ट्रिय डेडलिफ्ट प्रतियोगिता’ हुँदै

    बुटवल ,०२ पुस । यहि पुष ४ र ५ गते बुटवलमा “दोस्रो लुम्बिनी क्लासिक राष्ट्रिय डेडलिफ्ट प्रतियोगिता–२०२५” हुने भएको छ । शक्ति खेलका रुपमा रहेको पावर लिफ्टको विभिन्न ३ विधा मध्येको एक डेडलिफ्टका देशभरका खेलाडीहरुको सहभागीता रहने र उक्त प्रतियोगिताको तयारी पुरा भएको बुधवार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराईयो ।

    एक्टीभ जिम एण्ड फिटनेश, बुटवलको आयोजना तथा लाइफका लागि फिजिकल फिट्नेस, तिलोत्तमा र अशोक फिट्नेसको सहआयोजनामा हुन लागेको प्रतियोगिताको संरक्षकमा राष्ट्रिय खेलकुद परिषद, लुम्बिनी प्रदेश खेलकुद परिषद, बुटवल उपमहानगरपालिका तथा नेपाल पावरलिफ्टिङ एशोशियसन र नेपाल खेलकुद महासंघको सहकार्य रहेको छ ।

    प्रतियोगितामा विभिन्न उमेर तथा तौल समुहका १० वटा विधामा प्रतिष्पर्धा गराउन लागिएको प्रतियोगिताका संयोजक एवं एक्टीभ जिम एण्ड फिटनेसका सञ्चालन सञ्जिव क्षेत्रीले जानकारी गराउनु भयो ।

    प्रतियोगितामा पुरुषतर्फ ६२ केजी मुनि, ६२ देखि ६९ सम्म, ६९ देखि ७७ सम्म, ७७ देखि ८५ सम्म र ८५ केजीभन्दामाथि तौल समुहमा प्रतिष्पर्धा हुने छ भने महिलातर्फ ५८ केजी मुनी, ५८ देखि ६४ सम्म र ६४ देखि माथि तौल समुह गरि ३ विधामा प्रतिष्र्धा हुने छ । यसैगरी स्पेशल विधा अन्तरगत पुरुष मास्टरर्समा ४५ केजी तौलभन्दा माथि र जुनियरमा अन्डर २३ केजीको प्रतिष्पर्धा गराइने छ ।

    प्रतियोगितामा सहभागी पुरुष विधाका विजेताले ८ हजार नगदसहित मेडल, दोस्रो हुनेले ६ हजार नगदसहित मेडल तथा तेस्रो हुनेले ५ हजार नगदसहित मेडल प्राप्त गर्ने छ ।

    प्रतियोगितामा उत्कृष्ठ पुरुष तथा महिला खेलाडी छनौट गरिने छ । उत्कृष्ट खेलाडी लुम्बिनी क्लासिक पावरलिफ्टिङ च्याम्पियन हुने छ । पुरुष च्याम्पियनले ५१ हजार नगद तथा महिला च्याम्पियनले ३१ हजार नगद प्राप्त गर्ने क्षेत्रीले बताउनु भयो । प्रतियोगितामा देशभरबाट करिव १ सय खेलाडीहरुको सहभागीता हुने बताईएको छ । प्रतियोगिता सम्पन्न गर्न १६ लाख २५ हजार खर्च हुने अनुमान गरिएको छ ।

    पत्रकार सम्मेलनमा नेपाल शारिरिक सुगठनका केन्द्रीय उपाध्यक्ष सितु श्रेष्ठ, जिल्ला अध्यक्ष राजकुमार श्रेष्ठ, नेपाल खेलकुद महासंघका जिल्ला अध्यक्ष समुन्द्र श्रेष्ठ, नेपाल खेलकुद पत्रकार मञ्च, रुपन्देहीका अध्यक्ष सुमन अधिकारी लगायतले प्रतियोगिताले युवाहरुको शारिरिक शक्तिको प्रदर्शन र विकाससंगै आत्मविश्वास बढाउने कुरामा जोड दिन आग्रह गर्नुभएको थियो ।



    lumbinisanjal   
  • २०८२ पुष २, बुधबार १७:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP