• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026
  • Dark Mode

          Subscribe

    ‘द बम्बई लाउञ्ज’ दोस्रो वर्षमा, विशेष छुटसहित दुईदिने सांगीतिक उत्सव

    • lumbinisanjal
    • २०८३ श्रावण ११, सोमबार ११:०७
    13
    SHARES
    ‘द बम्बई लाउञ्ज’ दोस्रो वर्षमा, विशेष छुटसहित दुईदिने सांगीतिक उत्सव

    बुटवल । बुटवलको आतिथ्य (हस्पिटालिटी) क्षेत्रमा छोटो समयमै लोकप्रियता हासिल गरेको द बम्बई लाउञ्ज (खत्री ग्रुप) ले आफ्नो प्रथम वार्षिकोत्सव तथा दोस्रो वर्ष प्रवेशको अवसरमा साउन १४ र १५ गते विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।

    योगीकुटीस्थित शान्तिचोकमा एक वर्षअघि सञ्चालनमा आएको लाउञ्जले स्वाद, सेवा र मनोरञ्जनलाई एकै स्थानमा समेट्दै बुटवलवासीको विश्वास जित्न सफल भएको जनाएको छ।

    वार्षिकोत्सवको अवसरमा लाइभ म्युजिक, विशेष सांगीतिक प्रस्तुति, केक कटिङ, सेल्फी कर्नर, आकर्षक गिभअवे तथा अन्य मनोरञ्जनात्मक गतिविधि सञ्चालन गरिनेछन्।

    आइतबार आयोजित पत्रकार सम्मेलनमा लाउञ्जका म्यानेजर भुवन टण्डनले ग्राहकलाई नयाँ अनुभव दिलाउने उद्देश्यका साथ वार्षिकोत्सवलाई विशेष बनाइएको बताए। उनले द बम्बई लाउञ्ज केवल खानपिन गर्ने ठाउँ मात्र नभई परिवार, साथीभाइ र युवापुस्ताले गुणस्तरीय समय बिताउन सक्ने उत्कृष्ट गन्तव्यका रूपमा स्थापित हुँदै गएको उल्लेख गरे।

    वार्षिकोत्सव अवधिमा ग्राहकका लागि विशेष छुटको व्यवस्था गरिएको छ। सीमित परिकारमा १५ प्रतिशत छुट, दुईवटा मकटेल खरिद गर्दा एउटा निःशुल्क, हुक्कामा १० प्रतिशत छुट तथा तीनवटा बारासिङ्गे बियर खरिद गर्दा एक प्लेट चिकेन चिल्ली निःशुल्क प्रदान गरिने उनले जानकारी दिए।

    लाउञ्जका सञ्चालक नरेश खत्रीले द बम्बई लाउञ्ज सात दाजुभाइको संयुक्त लगानीमा सञ्चालनमा आएको जानकारी दिँदै छोटो समयमै बुटवलवासीको माया, साथ र विश्वास प्राप्त गर्न सफल भएको बताए। ग्राहकको चाहना र सन्तुष्टिलाई केन्द्रमा राख्दै गुणस्तरीय सेवा, स्वादिष्ट परिकार, आधुनिक वातावरण र पारिवारिक आतिथ्य प्रदान गर्ने लक्ष्यका साथ लाउञ्ज सञ्चालन भइरहेको उनले बताए।

    उनले आगामी दिनमा थप नयाँ स्वाद, आकर्षक कार्यक्रम र स्तरीय सेवामार्फत बुटवलको हस्पिटालिटी क्षेत्रमा आफ्नो पहिचान अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे। आयोजकका अनुसार वार्षिकोत्सव कार्यक्रममा उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।



    lumbinisanjal   
  • २०८३ श्रावण ११, सोमबार ११:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP