• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    ३२औँ विश्व आदिवासी दिवस २०८३ : पहिचान, अधिकार र समावेशी नेपालको प्रतिबद्धता

    • lumbinisanjal
    • २०८३ श्रावण १०, आईतवार १७:०७
    13
    SHARES
    ३२औँ विश्व आदिवासी दिवस २०८३ : पहिचान, अधिकार र समावेशी नेपालको प्रतिबद्धता

    बुटवल  । “प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचानसहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता” भन्ने मूल नाराका साथ ३२औँ विश्व आदिवासी दिवस–२०८३ मनाइने भएको छ।

    यस वर्षको अन्तर्राष्ट्रिय नारा “Honouring Indigenous Midwives: Safeguarding Life and Well-being” रहेको छ। दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आदिवासी जनजाति समुदायमा सुख, शान्ति, समृद्धि तथा अधिकारको संरक्षण र प्रवर्द्धनको शुभकामना व्यक्त गरिएको छ।

    आदिवासी जनजाति युवा महासंघ, नेपाल (संघीय परिषद्) का सचिव अर्जुन गुरुङले दिवसलाई भव्य र सफल बनाउन सबै आदिवासी जनजाति समुदाय, शुभेच्छुक तथा सरोकारवालालाई कार्यक्रममा उपस्थित भई ऐक्यबद्धता जनाउन हार्दिक अनुरोध गरेका छन्।

    दिवसको मुख्य कार्यक्रम २०८३ साउन २८ गते आइतबार काठमाडौंको खुला मञ्चमा आयोजना हुनेछ। कार्यक्रम बिहान १:०० बजे सुरु हुने जनाइएको छ।

    आयोजकका अनुसार दिवसले आदिवासी जनजातिको पहिचान, भाषा, संस्कृति, परम्परा, अधिकार तथा समावेशी र न्यायपूर्ण समाज निर्माणप्रति साझा प्रतिबद्धतालाई थप सुदृढ बनाउने विश्वास लिइएको छ।



    lumbinisanjal   
  • २०८३ श्रावण १०, आईतवार १७:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP