• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    मदिरा ब्यबसायी संघ रुपन्देहीद्वारा कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न

    • lumbinisanjal
    • २०८३ श्रावण १०, आईतवार ०१:००
    13
    SHARES
    मदिरा ब्यबसायी संघ रुपन्देहीद्वारा कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न

    बुटवल । मदिरा व्यवसायी संघ रुपन्देहीले शनिबार बुटवलमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक कार्ययोजना अन्तरगत व्यवसायीहरुलाई कर सम्बन्धी तालिम आयोजना गरीएको संघका अध्यक्ष बाबुराम ज्ञवालीले जानकारी दिनुभयो।

    आन्तरिक राजस्व कार्यालय बुटवलका कर अधिकृत चिरञ्जीवी बस्यालकाे प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा कर अधिकृत मधु ज्ञवाली, चार्टड एकाउन्टेन्ट सगुन खनालले प्रशिक्षण दिनुभएको थियोे।

    उहाँहरुले पछील्लो कर नीतिबारे ब्यबसायीहरुलाई प्रस्टाउनु भएको थियो भने मदिरा व्यवसायीहरुले पनि आ आफ्ना जिज्ञासा राखेका थिए । कार्यक्रममा मदिरा ब्यबसायी महासंघका सल्लाहाकार दिनेश प्रसाद श्रेष्ठ, मदिरा ब्याबसायी संघ रुपन्देहीका सल्लाहकार तथा पुर्व अध्यक्ष खिम बहादुर खत्रि, निवर्तमान अध्यक्ष हिमालय भुषाल, अध्यक्ष सल्लाहाकार देव बहादुर थापा, विभिन्न नगरका नगर संयोजक लगाएतले आ आफ्नाे धारणा राख्दै सरकारले मदिरा व्यवसायीलाइ हेर्ने नजरमा परिवर्तन गर्नु पर्ने र घरेलु मदिरालाई नियन्त्रणमा जोड दिनु पर्ने बताएका थिए ।

    रूपन्देही जिल्लामा रहेका ब्याबसायीहरूको बाक्लो उपस्थिति मा सम्पन्न भएको कार्यक्रममा स्वागत संघका प्रथम उपाध्यक्ष बाबुलाल खनालले गर्नु भएको थियो भने कार्यक्रमकाे सञ्चालन महासचिव जिवन पाण्डेकाे रहेको थियोे । कार्यक्रमकाे संयोजन कार्य समिति सदस्य बिष्णु खरेलले गर्नु भएको संघका अध्यक्ष बाबुराम ज्ञवालीले जानकारी दिनु भयाे।



    lumbinisanjal   
  • २०८३ श्रावण १०, आईतवार ०१:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP