• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    लायन्स क्लब अफ बुटवल लाइटद्वारा रक्तदान कार्यक्रम सम्पन्न

    • lumbinisanjal
    • २०८३ श्रावण १०, आईतवार ००:२६
    26
    SHARES
    लायन्स क्लब अफ बुटवल लाइटद्वारा रक्तदान कार्यक्रम सम्पन्न

    बुटवल । सामाजिक सेवाप्रति प्रतिबद्ध लायन्स क्लब अफ बुटवल लाइट को आयोजनामा शनिबार बुटवलस्थित रक्त सञ्चार सेवा केन्द्र (ब्लड बैंक) मा वृहत् रक्तदान कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ।

    मानव जीवन बचाउने उद्देश्यका साथ आयोजित कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट गभर्नर पीएमजेएफ लायन सन्दीप कशौधन, चार्टर अध्यक्ष लायन प्रेमराज न्यौपाने, पूर्व अध्यक्ष लायन दीपक अधिकारी, लायन राजकुमार श्रेष्ठ, लायन नारायण डुम्रे लगायत क्लबका पदाधिकारी, सदस्य, रक्तदाता तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    कार्यक्रममा क्लबका अध्यक्ष लायन सुनील बेलबासेले रक्तदान मानवताको सबैभन्दा उत्कृष्ट सेवामध्ये एक भएको उल्लेख गर्दै यस्ता सामाजिक अभियानलाई आगामी दिनमा अझ व्यापक बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “रगतको अभावमा कुनै पनि बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले क्लबले नियमित रूपमा रक्तदानजस्ता मानवीय कार्यक्रम सञ्चालन गर्दै आएको छ। समाजमा रक्तदानप्रति सकारात्मक सोचको विकास गर्दै आवश्यक पर्दा सबैलाई स्वेच्छिक रूपमा रक्तदान गर्न आग्रह गर्दछु।”

    कार्यक्रममा स्वेच्छिक रूपमा रक्तदान गर्ने सम्पूर्ण रक्तदाता, कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्‍याउने अतिथि, सदस्य तथा शुभेच्छुकहरूप्रति क्लबले हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ।

    ‘रक्तदान जीवनदान’ भन्ने भावनालाई आत्मसात् गर्दै सम्पन्न कार्यक्रमले सामाजिक उत्तरदायित्व र मानव सेवाप्रति लायन्स क्लब अफ बुटवल लाइटको प्रतिबद्धतालाई पुनः एकपटक उजागर गरेको छ।



    lumbinisanjal   
  • २०८३ श्रावण १०, आईतवार ००:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP