• २०८३ असार ३२ | Thu, 16 Jul 2026
  • Dark Mode

          Subscribe

    विद्यार्थीलाई सीप, आत्मविश्वास र अवसर: वेस्टर्न मेगा कलेजको ३० दिने तालिम सम्पन्न

    • lumbinisanjal
    • २०८३ असार २२, सोमबार १५:३६
    286
    SHARES
    विद्यार्थीलाई सीप, आत्मविश्वास र अवसर: वेस्टर्न मेगा कलेजको ३० दिने तालिम सम्पन्न

    बुटवल । वेस्टर्न मेगा कलेजले आयोजना गरेको ‘३० डेज फ्रि स्किल बेस्ड हस्पिटालिटी ट्रेनिङ प्रोग्राम’ सफलतापूर्वक सम्पन्न भएको छ। कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरूलाई लक्षित गरी सञ्चालन गरिएको तालिमको समापनसँगै सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिएको हो।

    रुपन्देहीका विभिन्न विद्यालयबाट आमन्त्रित करिब ८० जना विद्यार्थी सहभागी भएको तालिममा बेकरी एन्ड किचन, बारिस्टा, फुड एन्ड बेभरेज सर्भिस, गेष्ट ह्यान्डलिङ तथा हाउसकिपिङ सम्बन्धी व्यावहारिक ज्ञान, सीप र अनुभव प्रदान गरिएको कलेजले जनाएको छ।

    समापन कार्यक्रममा कलेजका प्राचार्य अधिवक्ता किशु शर्माले तालिम सफलतापूर्वक पूरा गरेका विद्यार्थीहरूलाई बधाई दिँदै तालिमबाट प्राप्त सीप र अनुभवले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रोजगारी बजारमा प्रतिस्पर्धी र दक्ष जनशक्ति बन्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले कलेजले सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क दर्ता, निःशुल्क तालिम र तालिमपश्चात निःशुल्क प्रमाणपत्र उपलब्ध गराएको जानकारी दिनुभयो।

    बीएचएम संयोजक सेफ विकास खत्रीले सहभागी विद्यार्थीहरूको अनुशासित, उत्साहजनक र सक्रिय सहभागिताको प्रशंसा गर्दै तालिम अवधिभर उनीहरूले देखाएको सिकाइप्रतिको लगाव र समर्पणले कार्यक्रमलाई अझ प्रभावकारी बनाएको बताउनुभयो। कार्यक्रमको सञ्चालन कलेजका प्रशासनिक कर्मचारी एलिजा बज्राचार्यले गर्नुभएको थियो।

    सन् २०१३ देखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको वेस्टर्न मेगा कलेजले अन्तर्राष्ट्रियस्तरको व्यावहारिक तथा सीपमूलक शिक्षालाई प्राथमिकतामा राख्दै आएको छ। कलेजमा हाल स्नातक तहमा BIT र BHM तथा स्नातकोत्तर तहमा MBA कार्यक्रम सञ्चालनमा रहेका छन्। आगामी शैक्षिक सत्रका लागि नयाँ भर्ना प्रक्रिया पनि खुला भइसकेको कलेज प्रशासनले जनाएको छ।

     



    lumbinisanjal   
  • २०८३ असार २२, सोमबार १५:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP