• २०८३ आश्विन ७ | Wed, 23 Sep 2026
  • Dark Mode

          Subscribe

    सुनसरीको दुहबीमा निकालियो सद्‌भाव र्‍याली

    • lumbinisanjal
    • २०८३ श्रावण १२, मंगलवार १३:३४
    429
    SHARES
    सुनसरीको दुहबीमा निकालियो सद्‌भाव र्‍याली

    काठमाडौं । सामाजिक सद्‌भाव अक्षुण राख्न आह्वान गर्दै सुनसरीको दुहबीमा सद्‌भाव र्‍याली आयोजना गरिएको छ । सुनसरीका विभिन्न सामाजिक संघसंस्थाको अगुवाइमा मंगलबार (साउन १२) बिहान सद्‌भाव र्‍याली निकालिएको हो ।

    राष्ट्रिय झन्डा बोकेर निस्किएका स्थानीयले सबै जात, धर्म र भाषाभाषीबीच भाइचारा हुनुपर्नेमा जोड दिएका थिए ।

    आइतबार (साउन १०) राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीच झडप भएको थियो । त्यसलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर कप्तानगन्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । घटनामा अरू केही व्यक्ति घाइते छन् । विराटनगरका विभिन्न अस्पतालमा उनीहरूको उपचार भइरहेको छ ।

    त्यसपछि सुनसरीसहितका केही जिल्लामा दिनहुँजसो विरोध प्रदर्शन भइरहेको छ । यसबाट सामाजिक सद्‌भावमा समेत खलल पुग्न सक्ने जोखिमबीच दुहबीमा शान्ति कायम राख्न अपिल गर्दै र्‍याली निकालिएको आयोजकले जनाएको छ ।

    यसअघि, जिल्ला सुरक्षा समिति सुनसरीले सामाजिक शान्ति सुव्यवस्था कायम राख्न आह्वान गरेको थियो ।



    lumbinisanjal   
  • २०८३ श्रावण १२, मंगलवार १३:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP