• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    बुटवल हस्पिटल र एक्सपर्ट एजुकेशनबीच उपचार सहकार्य सम्झौता

    • lumbinisanjal
    • २०८२ श्रावण २६, सोमबार १८:२२
    5.2K
    SHARES
    बुटवल हस्पिटल र एक्सपर्ट एजुकेशनबीच उपचार सहकार्य सम्झौता

    बुटवल, २६ साउन । एक सय शैयाको अनुमति प्राप्त अत्याधुनिक सुविधा सम्पन्न बुटवल हस्पिटल प्रा.लि. र एक्सपर्ट एजुकेशनबीच उपचार सहकार्यका लागि सम्झौता भएको छ।

    एक्सपर्ट एजुकेशन कन्सल्टेन्सी बुटवल तथा त्यसका सम्बद्ध शाखाहरूको सहभागितामा सम्पन्न सम्झौताअनुसार, एक्सपर्ट एजुकेशनका बोर्ड सदस्य, कर्मचारी, उनका परिवार तथा अध्ययनरत विद्यार्थीहरूले बुटवल हस्पिटलमा उपचार सुविधा पाउनेछन्।

    अस्पतालका अध्यक्ष चुन्न प्रसाद पौडेलका अनुसार, सम्झौतामार्फत सहुलियत दरमा उपचार सेवा र स्वास्थ्य परामर्श उपलब्ध गराइनेछ। उनले भने, “बुटवल हस्पिटल सबैको स्वास्थ्य संस्था भएकाले हामी सबैसँग हातेमालो गर्दै अघि बढ्छौं।”

    सम्झौता हस्ताक्षर कार्यक्रममा बुटवल हस्पिटलका मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्ण प्रसाद खनाल, जनरल म्यानेजर देवेश कर्ण, बजार प्रमुख सुमन तिमिल्सिना, एक्सपर्ट एजुकेशनका निर्देशक शंकर सापकोटा, प्रशासन प्रमुख विष्णु अधिकारीलगायतको उपस्थिति थियो।

    यस सहकार्यपछि एक्सपर्ट एजुकेशनका कर्मचारी, सञ्चालक र विद्यार्थीहरूलाई बुटवल हस्पिटलमा सहज उपचार सुविधा उपलब्ध हुनेछ।



    lumbinisanjal   
  • २०८२ श्रावण २६, सोमबार १८:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP