• २०८३ आश्विन ७ | Wed, 23 Sep 2026
  • Dark Mode

          Subscribe

    फेरि पक्राउ परे दुर्गा प्रसाईं

    • lumbinisanjal
    • २०८२ फाल्गुन ४, सोमबार २२:१८
    1.3K
    SHARES
    फेरि पक्राउ परे दुर्गा प्रसाईं

    काठमाडौं ,०४ फागुन । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । प्रहरीले भक्तपुरस्थित निवासबाट उनलाई पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई सोमबार साँझ घरबाटै नियन्त्रणमा लिएर भद्रकालीस्थित परिसरमा ल्याइएको हो ।

    प्रहरी स्रोतका अनुसार आगामी फागुन २१ गते हुने निर्वाचन विथोल्न सक्ने गतिविधि गर्ने आशंकामा प्रसाईंमाथि निगरानी बढाइएको थियो । सोही आशंकाको आधारमा उनलाई पक्राउ गरिएको हो ।

    यसअघि माघ २३ गते पनि पक्राउ परेका प्रसाईं हाजिर जमानीमा रिहा भएका थिए। त्यस बेला निर्वाचनसम्बन्धी उनले दिएका अभिव्यक्तिलाई साइबर ब्यूरोले अनुसन्धानको आधार बनाएर बयान लिएको थियो । माघ ५ गते पोखराबाट पनि पक्राउ परेर सोधपुछपछि रिहा भएका प्रसाईंमाथि प्रहरीले पुनः अनुसन्धान अघि बढाएको छ।



    lumbinisanjal   
  • २०८२ फाल्गुन ४, सोमबार २२:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP