• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    सैनामैना प्रेस क्लबको अध्यक्षमा न्यौपाने र महासचिवमा परियार

    • lumbinisanjal
    • २०८३ बैशाख ७, सोमबार १३:५४
    1.4K
    SHARES
    सैनामैना प्रेस क्लबको अध्यक्षमा न्यौपाने र महासचिवमा परियार

    बुटवल ,७ बैशाख । रुपन्देहीको सैनामैना क्षेत्रमा क्रियाशील पत्रकारहरूको साझा संस्था सैनामैना प्रेस क्लबले नयाँ कार्यसमिति सार्वजनिक गरेको छ। क्लबले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै पत्रकारितालाई थप व्यवस्थित, जिम्मेवार र प्रभावकारी बनाउने लक्ष्य अघि सारेको जनाएको छ।

    नवगठित कार्यसमितिको अध्यक्षमा दीपक न्यौपाने चयन हुनुभएको छ। त्यसैगरी, बरिष्ठ उपाध्यक्षमा टिका खरेल, उपाध्यक्षमा खिम खड्का, महासचिवमा सुरेश परियार र सचिवमा विमल गैरे चयन हुनुभएको छ।

    कार्यसमितिमा कोषाध्यक्षको जिम्मेवारी अम्बिका परियारले सम्हाल्नु भएको छ भने सदस्यहरूमा निस्चल ज्ञवाली, राजन गौतम, प्रदीप इवाली, सन्दिका बञ्जाडे र शिव खुवेदी रहनुभएको छ।
    नयाँ कार्यसमितिले स्थानीय पत्रकारहरूको हक–हित संरक्षण, पेशागत मर्यादा अभिवृद्धि तथा सञ्चार क्षेत्रको सुदृढीकरणमा जोड दिने प्रतिबद्धता जनाएको छ। साथै, सैनामैना क्षेत्रका सामाजिक, आर्थिक र विकाससम्बन्धी विषयलाई प्रभावकारी रूपमा उठाउने लक्ष्य पनि राखिएको क्लबले जनाएको छ।

    क्लबका नव–निर्वाचित पदाधिकारीहरूले निष्पक्ष र जिम्मेवार पत्रकारितामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।



    lumbinisanjal   
  • २०८३ बैशाख ७, सोमबार १३:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP