• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    स्वास्थ्य सेवामा जिनोमिक डाइनेस्टीको आठौँ वर्ष : ६ लाखभन्दा बढी सेवाग्राहीको विश्वास जित्दै गुणस्तरीय सेवामा अग्रसर

    • lumbinisanjal
    • २०८३ बैशाख ३१, बिहीबार १५:५०
    507
    SHARES
    स्वास्थ्य सेवामा जिनोमिक डाइनेस्टीको आठौँ वर्ष : ६ लाखभन्दा बढी सेवाग्राहीको विश्वास जित्दै गुणस्तरीय सेवामा अग्रसर

    बुटवल ,३१ वैशाख । स्वास्थ्य क्षेत्रमा गुणस्तरीय, भरपर्दो र विश्वसनीय सेवा प्रदान गर्दै आएको जिनोमिक डाइनेस्टीको ल्याबोरेटोरी प्रा.लि. आठौँ वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा बुटवलमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा संस्थाले आगामी दिनमा पनि सेवालाई अझ आधुनिक, प्रभावकारी र सेवामुखी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।
    कार्यक्रममा संस्थाका अध्यक्ष नारायण भण्डारीले ‘गुणस्तरीय सेवा, हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित प्रयोगशालाले छोटो समयमै प्रदेशभर छुट्टै पहिचान स्थापित गर्न सफल भएको बताउनुभयो । उहाँले नसर्ने रोगको समयमै पहिचान तथा रोकथामका लागि विभिन्न सहुलियतयुक्त स्वास्थ्य परीक्षण प्याकेज सञ्चालन गरिएको जानकारी दिनुभयो ।
    अध्यक्ष भण्डारीका अनुसार नियमित स्वास्थ्य परीक्षण आवश्यक पर्ने बिरामीहरूका लागि विशेष छुटसहित सदस्यता कार्डको व्यवस्था गरिएको छ । सेवाग्राहीमैत्री सेवा, आधुनिक परीक्षण प्रणाली र विश्वसनीय रिपोर्टका कारण संस्थाले निरन्तर आमविश्वास जित्दै आएको उहाँको भनाइ थियो ।
    उहाँले आठ वर्षको अवधिमा करिब ६ लाखभन्दा बढी सेवाग्राहीले संस्थाबाट सेवा लिइसकेको जानकारी दिँदै स्वास्थ्य क्षेत्रमा संस्थाले उल्लेखनीय योगदान पुर्‍याएको उल्लेख गर्नुभयो ।
    स्थापना दिवसको अवसर पारेर संस्थाले एक सातासम्म निःशुल्क सुगर परीक्षण सञ्चालन गर्नुका साथै अन्य विभिन्न परीक्षणमा ३० प्रतिशतसम्म छुटको व्यवस्था गरेको जनाएको छ । साथै अपाङ्गता परिचयपत्र भएका व्यक्तिहरूलाई निःशुल्क सेवा उपलब्ध गराउने व्यवस्था समेत गरिएको छ ।
    संस्थाका सदस्य सचिव तथा व्यवस्थापकीय निर्देशक रमेश पाण्डे ले हाल तुलसीपुरमा शाखासहित १२ जिल्लामा सेवा विस्तार गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार संस्थामार्फत ३० भन्दा बढी युवाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् भने संस्थामा १०० भन्दा बढी सेयर सदस्य आबद्ध रहेका छन् ।
    स्वास्थ्य सेवामा गुणस्तर, विश्वसनीयता र सेवामुखी भावनासहित अघि बढिरहेको संस्थाले आगामी दिनमा अझ व्यापक र प्रभावकारी सेवा विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ ।



    lumbinisanjal   
  • २०८३ बैशाख ३१, बिहीबार १५:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP