• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    वासिङ्टनमा इजरायली दूतावासका दुई कर्मचारीको गोली हानी हत्या

    • lumbinisanjal
    • २०८२ जेष्ठ ८, बिहीबार १२:५५
    2K
    SHARES
    वासिङ्टनमा इजरायली दूतावासका दुई कर्मचारीको गोली हानी हत्या

    एजेन्सी, ८ जेठ । अमेरिकाको वासिङ्टन डीसीस्थित यहुदी संग्रहालयनजिकै इजरायली दूतावासका दुई कर्मचारीको गोली हानी हत्या भएको अमेरिकी गृह सुरक्षासचिव क्रिस्टी नोएमले जानकारी दिएकी छिन् ।

    अमेरिकाको सीबीएस न्युजका अनुसार मारिनेमा एक पुरुष र एक महिला रहेका छन् । क्यापिटल यहुदी संग्रहालयमा भएको एक कार्यक्रमबाट निस्किँदै गर्दा उनीहरूमाथि गोली हानिएको बताइएको छ ।

    यो घटना उनीहरूप्रति नै लक्षित भएको जस्तो देखिन्छ । प्रहरीले इलिनोइ राज्यको शिकागोका एलियास रोड्रिग्जलाई संदिग्ध हत्यारा भन्दै पक्राउ गरेको छ ।

    स्थानीय समयानुसार करिब २१ः०५ मा उक्त जोडीलाई क्यापिटल यहुदी संग्रहालयमा आयोजित कार्यक्रमबाट निस्किँदै गर्दा गोली लागेको हो ।

    इजरायली दूतावासकी प्रवक्ता ताल नाइम कोहेनले एक्समा पोस्ट गर्दै बताएकी छन्,“वासिङ्टन डीसीस्थित क्यापिटल यहुदी संग्रहालयमा यहुदी कार्यक्रममा सहभागी हुँदै गर्दा इजरायली दूतावासका दुई कर्मचारीलाई नजिकबाट गोली हानिएको छ,” उनले भनिन् ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हत्याको निन्दा गर्दै यो यहुदीविरोधी भावनाबाट प्रेरित भएको बताएका छन् ।

    “यी भयंकर डीसी हत्याहरू जुन स्पष्ट रूपमा यहुदीविरोधी भावनाबाट प्रेरित छन्, अहिले नै रोकिनुपर्छ ! अमेरिकामा घृणा र उग्रवादलाई कुनै ठाउँ छैन,” उनले आफ्नो सामाजिक सञ्जाल माध्यममा पोस्ट गर्दै लेखेका छन् ।

    “पीडित परिवारहरूलाई शोकपूर्ण समवेदना ! यस्ता घटना हुनु धेरै दुःखद् हो र भगवान्ले सबैलाई आशीर्वाद दिऊन् !” ट्रम्पले लेखेका छन् ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ ८, बिहीबार १२:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP