• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    इरानको ड्रोन आक्रमणमा परी ओमानमा एक नेपाली घाइते

    • lumbinisanjal
    • २०८२ फाल्गुन ३०, शनिबार ०६:५२
    1.2K
    SHARES
    इरानको ड्रोन आक्रमणमा परी ओमानमा एक नेपाली घाइते

    काठमाडौँ,३० फागुन ।  इरानले गरेको ड्रोन आक्रमणमा परेर ओमानमा एक नेपाली घाइते भएका छन् । शुक्रबारको ड्रोन आक्रमणमा परेर नुुवाकोट ककनी घर भएका एक नेपाली सामान्य घाइते भएको ओमानस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

    स्रोतका अनुसार घाइते नेपालीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । उनलाई शनिबार बिहान डिस्चार्ज गर्ने तयारी छ ।

    उनी आफ्नै कोठामा बसिरहेको बेलामा इरानी ड्रोन विस्फोट हुँदा छर्राले लागेको थियो ।

    शुक्रबार ओमानमै इरानी आक्रमणमा परेर ओमानमा दुई विदेशी कामदारको मृत्यु भएको थियो ।



    lumbinisanjal   
  • २०८२ फाल्गुन ३०, शनिबार ०६:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP