• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    धुर्कोटले ल्यायो ६० करोड ५१ लाखको बजेट

    • lumbinisanjal
    • २०८२ असार १०, मंगलवार १६:३५
    10K
    SHARES
    धुर्कोटले ल्यायो ६० करोड ५१ लाखको बजेट

    बासुदेव पोखरेल/ गुल्मी, ०९ असार । धुर्कोट गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ६० करोड ५१ लाख ४ हजार रुपैयाँ बराबरको वार्षिक बजेट प्रस्तुत गरेको छ।

    गुल्मीको बर्बोटस्थित गाउँपालिकाको सभाहलमा बसेको गाउँसभाको १७ औँ अधिवेशन अन्तर्गत तेस्रो बैठकमा उपाध्यक्ष सीता गिरीले आगामी वर्षको बजेट प्रस्तुत गर्नुभएको हो।

    बजेटसँगै ‘धुर्कोट गाउँपालिकाको विनियोजन विधेयक २०८२’ र ‘आर्थिक विधेयक २०८२’ पनि सोही सभामा प्रस्तुत गरिएको छ।

    बजेटको औपचारिक छलफल असार १८ गते हुने चौथो बैठकमा गरिने जनाइएको छ।

    गाउँपालिकाले आगामी वर्षका लागि प्राथमिकता, नीति तथा कार्यक्रम अनुसार क्षेत्रगत आवश्यकतालाई समेट्ने गरी बजेट प्रस्ताव गरेको हो।



    lumbinisanjal   
  • २०८२ असार १०, मंगलवार १६:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP