• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    सवारी ठोक्किँदा झापामा हजुरबुबा,नातिसहित तीनको निधन

    • lumbinisanjal
    • २०८२ असार २६, बिहीबार ०८:४६
    2.1K
    SHARES
    सवारी ठोक्किँदा झापामा हजुरबुबा,नातिसहित तीनको निधन

    दमक,  २६ असार । झापामा सवारी दुर्घटना हुँदा एक बालकसहित तीन जनाको ज्यान गएको छ । झापाको बाह्रदशीमा बुधबार अपराह्न भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    बाह्रदशी गाउँपालिका १ खयरबारीस्थित भित्री सडकखण्डमा भारतीय बीआर ३७ एजेड ६४४० नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–०१६ प ९२७० नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

    स्कुटर चालक कचनकवल–३ डाकुपारा बस्ने ६० वर्षीय श्रीप्रसाद राजवंशीको बुधबार नै ज्यान गएको थियो । उक्त दुर्घटनामा गम्भीर घाइते रहनुभएका उहाँका सात वर्षीय नाति आयुष राजवंशीको बुधबार राति उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख राजन लिम्बले बताउनुभयो ।

    यसैगरी, उक्त दुर्घटनामा श्रीप्रसादकी २७ वर्षीया बुहारी उर्मिला राजवंशी घाइते हुनुभएको छ । उहाँको अवस्थामा पनि गम्भीर रहेको छ । बिएण्डसी अस्पताल बिर्तामोडमा सघन उपचार कक्षमा उहाँको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    सोही दुर्घटनामा बीआर ३७ एजेड ६४४० नम्बरको मोटरसाइकल मोटरसाइकल चालक भारत जिल्ला किशनगंज डिघलबैक थाना करलाबारी –१४ बस्ने २७ वर्षीय सुरज टुडूको मृत्यु भएको थियो ।



    lumbinisanjal   
  • २०८२ असार २६, बिहीबार ०८:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP