• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    फार्मेसी संघ रुपन्देहीको अध्यक्षमा सापकोटा महासचिवमा पाण्डे

    • lumbinisanjal
    • २०८२ बैशाख २८, आईतवार ०८:३२
    3.2K
    SHARES
    फार्मेसी संघ रुपन्देहीको अध्यक्षमा सापकोटा महासचिवमा पाण्डे

    बुटवल , २८ बैशाख । नेपाल फार्मेसी संघ रुपन्देहीको अध्यक्षमा चोकलाल सापकोटा निर्वाचित हुनुभएको छ । संघको शनिबार बुटवलमा सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले सापकोटाको अध्यक्षतामा सर्वसम्मत १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

    नवनिर्वाचित कार्यसमितिको उपाध्यक्ष पदमा भरत गिरी र सुशिला वञ्जाडेलाई चयन गरिएको छ । त्यसैगरी महासचिव पदमा महेश पाण्डे, कोषाध्यक्षमा पिताम्बर अधिकारी, सचिवमा सञ्जिता ढकाल र नारायण विक्रम कुवर तथा सहकोषाध्यक्षमा रिना केसीलाई चयन गरिएको निर्वाचन समितिका संयोजक तथा संघका सल्लाहकार धर्मराज भट्टराईले जानकारी गराउनु भयो ।

    त्यसैगरी कार्यसमिति सदस्यहरुमा खेमराज ज्ञवाली, दिलिपकुमार जैसवाल, आशिष आचार्य, निरज गुरुङ, पवनकुमार कोहार र महफूज अहमद धुनियालाई चयन गरिएको छ ।



    lumbinisanjal   
  • २०८२ बैशाख २८, आईतवार ०८:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP