• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    धुर्कोट गाउँपालिकामा श्रमिक सम्मान कार्यक्रम सम्पन्न

    • lumbinisanjal
    • २०८२ बैशाख १७, बुधबार १६:१५
    3.8K
    SHARES
    धुर्कोट गाउँपालिकामा श्रमिक सम्मान कार्यक्रम सम्पन्न

    बासुदेव पोखरेल ।
    गुल्मी, १७ बैशाख । अन्तर्राष्ट्रिय श्रमिक दिवस–२०२५ को अवसरमा धुर्कोट गाउँपालिकाले विभिन्न श्रम क्षेत्रका योगदानकारी श्रमिकहरूलाई सम्मान गरेको छ।

    उद्योग, कृषि, निर्माण, सेवा लगायतका क्षेत्रमा लामो समयदेखि निरन्तर श्रम, सीप र लगानी गर्दै राष्ट्र निर्माणमा योगदान पुर्‍याउँदै आएका श्रमिकहरूलाई पालिकाले नगदसहित सम्मानपत्र प्रदान गरेको हो।

    धुर्कोट गाउँपालिका वडा नं. १ देखि ७ सम्मका विभिन्न क्षेत्रका श्रमिकहरूलाई सम्मान गर्ने कार्यक्रममा गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले अध्यक्षता गर्नुभयो। कार्यक्रममा उपाध्यक्ष सीता गिरी, प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थी, वडाध्यक्षहरू, जनप्रतिनिधि, श्रमिक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

    अध्यक्ष पोखरेलले श्रमिकको योगदानलाई राष्ट्र निर्माणको आधारभूत पुँजीको रूपमा व्याख्या गर्दै भन्नुभयो, “श्रम बिना राष्ट्रको समृद्धि सम्भव छैन, त्यसैले श्रमिकको सम्मान गर्नु हाम्रो अभियान हो। गाउँपालिकाले श्रमिकहरूको सीप विकास, रोजगारी प्रवर्द्धन र श्रममैत्री नीतिहरू कार्यान्वयन गर्ने नीति लिएको छ। श्रमिकलाई केवल श्रमिक हैन, राष्ट्रका निर्माता र परिवर्तनका आधारशिला मानेर अघि बढ्न आवश्यक छ।”

    गाउँपालिका अध्यक्ष पोखरेलले श्रमिकको पसिना मुल्यवान छ, त्यसैले तिनीहरूको योगदानको कदर गर्नु हाम्रो जिम्मेवारी हो। हामी आगामी दिनमा श्रमिकहरूको सामाजिक सुरक्षामा जोड दिँदै व्यवहारिक कार्यक्रमहरू अघि बढाउने छौं।

    कार्यक्रमको सञ्चालन रोजगार संयोजक चन्द्रकला पहराई मगरले गर्नुभएको थियो। गाउँपालिकाले आगामी दिनमा श्रमिकको क्षमता अभिवृद्धि तथा कल्याणमा अझ सक्रिय पहल गर्ने प्रतिबद्धता जनाएको छ।



    lumbinisanjal   
  • २०८२ बैशाख १७, बुधबार १६:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP