• २०८३ जेष्ठ २५ | Mon, 08 Jun 2026
  • Dark Mode

          Subscribe

    अमेरिकामा कार दुर्घटनामा दुई नेपाली विद्यार्थीको ज्यान गयो

    • lumbinisanjal
    • २०८२ असार ३१, मंगलवार १०:४९
    2.5K
    SHARES
    अमेरिकामा कार दुर्घटनामा दुई नेपाली विद्यार्थीको ज्यान गयो

    अमेरिका , ३१ असार  । अमेरिकामा भएको कार दुर्घटनामा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

    लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको कार दुर्घटनामा मृत्यु भएको हो । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

    दुवै जना नेपालका नागरिक रहेको भनिए पनि उनीहरूको नेपालको ठेगाना खुलेको छैन ।

    लुइजियाना राज्य प्रहरीलाई उद्धृत गर्दै स्थानीय एक अनलाइनले लेखेको समाचारअनुसार १३ जुलाईको राति करिब ९ बजे भएको कार दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।

    भारी वर्षाका कारण कार दुर्घटनामा परेको र उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे लुइजियाना राज्य प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    प्रहरीले घटनासम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ । – प्रशासन



    lumbinisanjal   
  • २०८२ असार ३१, मंगलवार १०:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP