• २०८३ भाद्र २९ | Mon, 14 Sep 2026
  • Dark Mode

          Subscribe

    बाढीपीडितका लागि सिद्धबाबा अस्पतालको ३ लाख ३३ हजार बढी सहयोग

    • lumbinisanjal
    • २०८३ भाद्र १९, शुक्रबार १४:३०
    338
    SHARES
    बाढीपीडितका लागि सिद्धबाबा अस्पतालको ३ लाख ३३ हजार बढी सहयोग

    बुटवल‌ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि., बुटवलले रु. ३ लाख ३३ हजार ३ सय ३३ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

    अस्पतालले बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत आसपासका जिल्लामा ठूलो धनजनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै विपद्मा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ।

    बेपत्ता भएकाहरूको शीघ्र खोज तथा सकुशल उद्धार र प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने अस्पतालले जनाएको छ।

    अस्पतालले प्राकृतिक विपद्को यस कठिन घडीमा प्रभावित नागरिकसँग ऐक्यबद्धता जनाउँदै आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्ने निर्णय गरेको अस्पतालका प्रशासन प्रमुख मुकेश श्रेष्ठले जानकारी दिए ।



    lumbinisanjal   
  • २०८३ भाद्र १९, शुक्रबार १४:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP