• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    रुपन्देही ३ मा रास्वपाका डा. लेखजंग थापाले पाए टिकट

    • lumbinisanjal
    • २०८२ भाद्र १५, आईतवार २०:४३
    4.3K
    SHARES
    रुपन्देही ३ मा रास्वपाका डा. लेखजंग थापाले पाए टिकट

    काठमाडौँ,१५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही ३को उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । आइतबार पार्टी कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले ९ जना आकांक्षीमध्येबाट एकजना उम्मेदवारको नाम टुङ्गो लगाएको हो।

    आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि रास्वपाले डा लेखजंग थापालाई उम्मेदवार बनाएको पार्टीका कार्यबाहक सभापति डीपी अर्यालले बताए ।

    आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले थापालाई आकांक्षी ९ जनामध्ये टिकट दिएको हो ।

    आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा सचिवालय बैठक बसेपछि आकांक्षीहरूले नख्खु कारागार पुगेर सभापति लामिछानेलाई भेटेका थिए ।

    त्यहाँ रविले आकांक्षीहरूलाई जसले टिकट पाएपछि अरूले असन्तुष्ट हुन नहुने बताएका थिए । सचिवालय बैठक र रविसँग आकांक्षीको छलफलपछि कात्तिक १७ गते रुपन्देही–३ मा हुने उपनिर्वाचनको उम्मेदवार घोषणा गरिएको हो।

    रास्वपाले ७ साउन २१ गतेसम्म रुपन्देही ३ को उम्मेदवारका लागि आवदेन माग गरेको थियो । यस अवधिभित्र ९ जनाले आवेदन दिएका थिए । रास्वपाका लुम्बिनी इञ्चार्ज विपिन आचार्यले पूर्ण रुपमा प्रजातान्त्रिक प्रक्रियाबाट उम्मेदवार छानिएको बताए ।

    आवेदन दिएका आकांक्षी सबैले कात्तिक १७ गते रुपन्देही ३ मा घण्टी बजाउने वाचा गरेका थिए । उनीहरूले यसअघि नै जसलाई टिकट दिए पनि आफ्नो असन्तुष्टि नरहने भन्दै हस्ताक्षरसमेत गरेका थिए ।

    कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधुप्रसाद अर्यालले आवेदन दिएका थिए । रास्वपाले उम्मेदवारको आकांक्षीका लागि २५ हजार शुल्क निर्धारण गरेको थियो।

    पार्टी सचिवालय बैठक बस्नअगाडि नख्खु कारागारमा रहेका सभापति रवि लामिछानेलाई रास्वापाबाट उम्मेदवारका सबै आकांक्षीले भेटेका थिए।

    को हुन थापा ?

    थापा न्यूरोलोजिस्ट डाक्टर हुन् । उनी थापा परिवारका आठौँ सन्तान हुन् । उनका बुवा न्यायाधीश थिए । उनी तीन वर्ष अगाडिबाट राजनीतिमा प्रवेश गरेका हुन् । उनी रुपन्देहीको अञ्चलापुरमा जन्मिएका हुन् ।



    lumbinisanjal   
  • २०८२ भाद्र १५, आईतवार २०:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP