• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    एमाले छाड्ने घोषणा गरेका बासुदेव घिमिरेलाई तत्काल निर्णय नगर्न नेताहरूको समझदारी प्रयास

    • lumbinisanjal
    • २०८२ पुष १७, बिहीबार २२:०६
    2.3K
    SHARES
    एमाले छाड्ने घोषणा गरेका बासुदेव घिमिरेलाई तत्काल निर्णय नगर्न नेताहरूको समझदारी प्रयास

    बुटवल, १७ पुस । नेकपा एमाले छाड्ने घोषणा गरेका विघटित प्रतिनिधिसभाका सांसद बासुदेव घिमिरेलाई तत्काल पार्टी नछाड्न समझदारी गराउने प्रयास तीव्र बनेको छ। पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलसहितका नेताहरूले घिमिरेसँग छलफल गर्दै तत्काल कुनै निर्णयमा नजान सहमति जुटाउने प्रयास गरेको बताएका छन्।

    उपाध्यक्ष पौडेल, सचिव छविलाल विश्वकर्मा, नेता खिमलाल भट्टराईलगायत नेताहरू सहभागी छलफल बुधबारदेखि सुरु भएको हो। बासुदेव घिमिरे निकट नेता कमल पौडेलको समन्वयमा उक्त छलफल अघि बढाइएको एमाले नेता लिला गिरीले जानकारी दिए। यद्यपि, गिरीले भने आफू सो बैठकमा सहभागी नभएको स्पष्ट पारे।
    ‘हिजो म बासुजीसँग एक्लै बसेको थिएँ। उहाँलाई गल्ती नगर्न आग्रह गरेको हो। तर आजको छलफलमा अन्य नेताहरू सहभागी हुनु भएको छ,’ गिरीले भने।

    उपाध्यक्ष पौडेलसहित घिमिरेसँग भएको छलफलमा सहभागी नेता खिमलाल भट्टराईले तत्काल कतै नजाने समझदारी भएको बताए। ‘तत्कालै कुनै निर्णयमा नजाने सहमति बनेको बुझेको छु।

    छलफल सकेर बासुजीसहित नेताहरू उठ्नुभएको हो,’ भट्टराईले भने। उपाध्यक्ष पौडेलले घिमिरेसँग स्थानीय कार्यकर्ता कमल पौडेलको योगिकुटीस्थित निवासमा वार्ता गरेका हुन्। पार्टी नेतृत्वले आन्तरिक संवादमार्फत घिमिरेको असन्तुष्टि सम्बोधन गर्ने प्रयास जारी राखेको बताइएको छ।



    lumbinisanjal   
  • २०८२ पुष १७, बिहीबार २२:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP