• २०८३ आश्विन ८ | Thu, 24 Sep 2026
  • Dark Mode

          Subscribe

    शंकरनगरमा मिलिजुली क्लबद्वारा सहिदप्रति श्रद्धाञ्जलीस्वरूप दीप प्रज्ज्वलन

    • lumbinisanjal
    • २०८२ आश्विन २, बिहीबार १३:१७
    4.2K
    SHARES
    शंकरनगरमा मिलिजुली क्लबद्वारा सहिदप्रति श्रद्धाञ्जलीस्वरूप दीप प्रज्ज्वलन

    बुटवल, २ असोज। मिलिजुली क्लब, शंकरनगरद्वारा ‘जेनजी आन्दोलन’ का क्रममा ज्यान गुमाएका सहिदहरूको सम्मानमा सोमबार एक विशेष कार्यक्रमका बीच दीप प्रज्ज्वलन गरिएको छ।

    कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष ईश्वर पाण्डेयले गर्नुभएको थियो भने सञ्चालन महासचिव दिपक भट्टराईले गर्नुभयो। कार्यक्रममा समाजसेवी टीकानिधि गौतमले शोक मन्तव्य व्यक्त गर्नुभएको थियो। शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष खिमलाल पाण्डे विशेष उपस्थित रहनुभएको थियो।

    राष्ट्रिय गान, एक मिनेट मौनधारण र दीप प्रज्ज्वलनबाट प्रारम्भ भएको कार्यक्रममा सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो। साथै, आन्दोलनमा घुसपैठ गरी गैरकानुनी गतिविधि गर्नेहरूमाथि कारवाही, भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन, विकास निर्माणमा चुस्तता र नेता–कर्मचारीको सम्पत्ति छानबिन गरी कारवाही गर्नुपर्ने माग पनि प्रस्तुत गरिएको थियो।

    मिलिजुली क्लबका पदाधिकारीहरूले जेनजी पुस्ताका युवाको चाहना र भावनाअनुसार अगाडि बढ्न सक्दा मात्र सहिदप्रति सच्चा श्रद्धाञ्जली अर्पण हुने उल्लेख गर्दै, भविष्यमा कुनै पनि आन्दोलनको नाममा नेपाली नागरिकको ज्यान नजाओस् भन्ने शुभकामना व्यक्त गरेका छन्।



    lumbinisanjal   
  • २०८२ आश्विन २, बिहीबार १३:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP