• २०८३ भाद्र ९ | Tue, 25 Aug 2026
  • Dark Mode

          Subscribe

    सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

    • lumbinisanjal
    • २०८२ माघ २३, शुक्रबार ११:४६
    1.2K
    SHARES
    सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं,२३ माघ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। बिहीबारको तुलनामा दुवै धातुको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

    महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, एक तोला चाँदीको मूल्य चार हजार ७१० रुपैयाँ कायम भएको छ।

    यसअघि बिहीबार सुनको मूल्य दुई लाख ९५ हजार २०० रुपैयाँ र चाँदीको मूल्य चार हजार ९८० रुपैयाँ थियो। बुधबार एक तोला छापावाल सुन तीन लाख चार हजार ७०० रुपैयाँ र चाँदी पाँच हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी मङ्गलबार सुन दुई लाख ९० हजार ३०० रुपैयाँ र चाँदी पाँच हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो।



    lumbinisanjal   
  • २०८२ माघ २३, शुक्रबार ११:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP