• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    लुम्बिनीमा जसपा नेपालले फिर्ता लियो समर्थन

    • lumbinisanjal
    • २०८२ असार १३, शुक्रबार १८:२९
    3.5K
    SHARES
    लुम्बिनीमा जसपा नेपालले फिर्ता लियो समर्थन

    बुटवल,१३ असार । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

    प्रदेश सरकार असफल भएको, बजेटमा सुशासन र समावेशिता पनि नभएको कारणले समर्थन दिइराख्नुको औचित्य सकिएपछि समर्थन फिर्ता दिइएको पार्टीको तर्फबाट प्रदेश सभा सदस्य रहेकी अम्बिका काफ्लेले बताइन् ।

    नेपालको संविधानको धारा १८८ को उपधारा २ अनुसार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने व्यवस्था भएबमोजिम मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी सभामुखलाई गराएको काफ्ले बताइन् ।

    ८७ सदस्यीय प्रदेश सभामा जसपा नेपालबाट काफ्ले एकजना मात्रै सांसद थिइन् । पार्टी विभाजनपछि अरू सांसद अशोक राई नेतृत्वको जसपामा लागेका थिए ।



    lumbinisanjal   
  • २०८२ असार १३, शुक्रबार १८:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP