• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    कांग्रेस केन्द्रीय अनुशासन समितिले विष्णुप्रसाद पोखरेलमाथि गर्यो कारबाही नगर्ने निर्णय

    • lumbinisanjal
    • २०८२ पुष २, बुधबार १७:५५
    3.2K
    SHARES
    कांग्रेस केन्द्रीय अनुशासन समितिले विष्णुप्रसाद पोखरेलमाथि गर्यो कारबाही नगर्ने निर्णय

    बुटवल ,०२ पुस ।  नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पोख्रेलमाथि कुनै कारबाही आवश्यक नरहेको निर्णय गरेको छ।

    २०७९ सालमा सम्पन्न भएको निर्वाचनका क्रममा असहयोग गरेको भन्ने विषयमा परेको निवेदनका आधारमा समिति समक्ष छानबिन तथा स्पष्टीकरणको प्रक्रिया अघि बढाइएको थियो। तर, प्राप्त प्रमाण, आधार तथा पोखरेलबाट पेश गरिएको स्पष्टिकरणका आधारमा कारबाही गर्नुपर्ने ठोस कारण नदेखिएको निष्कर्ष निकाल्दै समितिले उहाँलाई सफाइ दिएको हो।

    केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाद्वारा हस्ताक्षरित पत्रमार्फत उक्त निर्णय सम्बन्धित पक्षलाई जानकारी गराइएको जानकारी दिए । समितिले हाल उहाँले सम्हाल्दै आएको जिम्मेवारीमा निरन्तरता रहने स्पष्ट पारेको छ।

    उक्त निर्णयको बोधार्थ नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमिति, रुपन्देही जिल्ला कार्यसमिति तथा क्षेत्रीय कार्यसमिति (क्षेत्र नं. ५, रुपन्देही) लाई समेत पठाइएको छ।

    हेर्नुहोस बिज्ञप्ती :



    lumbinisanjal   
  • २०८२ पुष २, बुधबार १७:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP