• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    भारतबाट भागेर नेपाल आएकी दिदीबहिनी भक्तपुरमा मृत फेला: आत्महत्या कि अर्को रहस्य ?

    • lumbinisanjal
    • २०८२ श्रावण ८, बिहीबार १४:५७
    5.5K
    SHARES
    भारतबाट भागेर नेपाल आएकी दिदीबहिनी भक्तपुरमा मृत फेला: आत्महत्या कि अर्को रहस्य ?

    काठमाडौँ, ०८ साउन । भक्तपुरको थिमी नगरपालिका–८, सिन्टीटारस्थित एक घरको प्यासेजमा बिहीबार बिहान दुई किशोरी मृत भेटिएपछि स्थानीय समुदाय मात्र होइन, देशभर चासो पैदा भएको छ। सुर्खेतकी १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सृजना कँडेल भारतको मुम्बईस्थित मिरा भाइन्दरबाट भागेर तीन साता अघि नेपाल आएका थिए। उनीहरू झुन्डिएको अवस्थामा फेला परेका हुन्।

    सिन्टीटारका चक्रधर प्रजापतिको घरमा डेरा लिई बस्दै आएका दिदीबहिनीले सुरुमा ‘यहाँ कलेज पढ्न आएका हौं’ भन्दै डेरा लिएका थिए। तर उनीहरू घरबाट भने ‘कम्प्युटर कक्षा जान्छौं’ भन्दै निस्किएका थिए। मुम्बईमै रहेका अभिभावकले छोरीहरू हराएपछि प्रहरीलाई खबर गरेका थिए। पछि दिदीबहिनीले ‘हामी बैंगलोर गयौं, पैसा कमाएर फर्किन्छौं’ भन्ने म्यासेज पठाएका थिए।

    घटनाको अघिल्लो रात उनीहरूले टिकटक भिडियो बनाएको फेला परेको छ भने घटनास्थलमा मोबाइल पनि बरामद भएको छ। प्रारम्भिक अनुसन्धानका अनुसार उनीहरूले भक्तपुरमा एउटा गार्मेन्टमा काम गर्न थालेका थिए भन्ने खुलेको छ, यद्यपि प्रहरी त्यसबारे यकिनमा पुगेको छैन।

    घटनाबारे प्रहरी अनुसन्धान जारी छ। दिदीबहिनीको मृत्यु आत्महत्या हो वा अरू कुनै कारण, भन्ने विषय अझै खुल्न बाँकी छ। प्रहरीले घटनास्थल सुरक्षित राखेको छ र पोष्टमार्टमका लागि प्रक्रिया अगाडि बढाइएको छ। मृतकका पिता वासुदेव कँडेल काठमाडौँ आइरहेका छन्। यो घटना केवल दुःखद मात्र होइन, किशोर किशोरीको असुरक्षित यात्रामा लुकेको सामाजिक र पारिवारिक बेथितिको गम्भीर संकेत पनि हो। युवाहरूको बेचैन निर्णय, सामाजिक सञ्जालको प्रभाव, र विदेशमा पारिवारिक टुटफुटले कति पीडा बोक्दो रहेछ भन्ने कुराको चिप्लो तस्बिर बनेको छ भक्तपुरको यो घटनाले।



    lumbinisanjal   
  • २०८२ श्रावण ८, बिहीबार १४:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP