• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    एक महिना पहिले बिदामा गएका सशस्त्र प्रहरीका असई युवतीसँग मृत फेला

    • lumbinisanjal
    • २०८३ जेष्ठ २०, बुधबार १६:३६
    156
    SHARES
    एक महिना पहिले बिदामा गएका सशस्त्र प्रहरीका असई युवतीसँग मृत फेला

    काभ्रे,२० जेठ । सशस्त्र प्रहरी बलका सहायक निरीक्षक शक्ति राम काभ्रेपलान्चोकमा युवतीसहित मृत फेला परेका छन्।

    गएको वैशाख १९ गते गणबाट २ दिनको विदा लिएर हिँडेका रामलाई बुधबार बिहान काभ्रेको पाँचखाल नगरपाािलका ३ ठुली सामुदायिक वनमा झुण्डिएको अवस्थामा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ।

    नजिकै अर्को रुखमा कैलाली घोडाघोडी नगरपालिका १ की २६ वर्षकी शर्मिला चौधरी पनि मृत फेला परेकी छन्। २०८३ बैशाख १८ गते शक्ति रामलाई भेट्न भन्दै उनी काभ्रे आएकी थिइन्।

    सशस्त्र प्रहरी बल नेपाल नं १५ गण काभ्रे दरबन्दी भएका राम २०८३ वैशाख १९ गते २ दिनको बिदा लिएर गएका थिए।

    तर पर्सा बहुदरमाई नगरपालिका ८ रामनगरी घर भएका राम सम्पर्कबिहिन रहेको भन्दै परिवारले नै खोजतलासका लागि निवेदन दिएका थिए।

    सशस्त्र प्रहरीले उक्त निवेदन वैशाख २१ गने नै जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकमा पठाएका थिए।

    शर्मिलाका भाइ रन्जित चौधरीले पनि २०८३ बैशाख २५ गते प्रहरी वृत्त बालाजुमा खोजतलासको लागि निवेदन दिएका थिए।

    उनीहरू दुवै जनाको मोबाइलमा सम्पर्क हुन सकेको थिएन। प्रहरी वृत्त बालाजुबाट खोजतलास हुँदा शर्मिला चौधरीको मोबाइलको अन्तिम लोकेसन काभ्रेपलाञ्चोकमा देखिएको थियो।

    बुधबार मौवाको २ ओटा रुखमा महिला र पुरुषको जस्तो देखिने सडेगलेको २ वटा कंकाल मात्र झुण्डिरहेको भन्ने खबर प्रहरीलाई स्थानीयले दिएका थिए।

    त्यसपछि प्रहरी चौकी पाँचखालबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले शक्ति राम र उनकी साथी शर्मिला रहेको पहिचान गरेको थियो।

    दुवै जनाको शव पोष्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको छ। थप अनुसन्धान पनि भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जानकारी दिएको छ।



    lumbinisanjal   
  • २०८३ जेष्ठ २०, बुधबार १६:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP