• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    रास्वपा र राप्रपाले गरे प्रतिनिधिसभा बैठक बहिष्कार

    • lumbinisanjal
    • २०८२ भाद्र १८, बुधबार १४:२२
    3.2K
    SHARES
    रास्वपा र राप्रपाले गरे प्रतिनिधिसभा बैठक बहिष्कार

    काठमाडौं,१८ भदौ। गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरण छानबिनका लागि न्यायिक वा संसदीय समिति गठनको माग गर्दै आएका दुई दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभा बैठक बहिष्कार गरेका छन् ।

    प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख देवराज घिमिरेले उपलब्ध गराएको आकस्मिक समयमा दलका तर्फबाट आ–आफ्नो धारणा राख्दै रास्वपा र राप्रपाले सदन बहिष्कार गरेका हुन् ।

    उनीहरू गत जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठक बहिष्कार गर्दै आएका छन् । बुधबार पनि बैठक सुरु भएपछि दुवै दलका सांसदहरूले उठेर विरोध गरेका थिए ।

    सभामुख घिमिरेले समय दिएपछि रास्वपाका तर्फबाट सांसद हरि ढकाल र राप्रपाबाट प्रमुख सचेतक ज्ञानबहादुर शाही बोलेका थिए । रास्वपाका सांसद ढकालले भिजिट भिसा प्रकरणका विषयमा आफूहरूको माग यथावत् रहेको बताए ।

    राप्रपाका प्रमुख सचेतक शाहीले आफूहरू निरन्तर भिजिट भिसा प्रकरणको छानबिनको मागमा रहेको बताए । आफूहरूको माग सम्बोधन नहुँदा देख्नेहरूलाई समेत लाज हुन थालिसकेको उनले बताए ।

    शाहीले बोलिसकेपछि दुवै दलका सांसदहरू बैठक कक्षबाट बाहिरिएका छन् ।



    lumbinisanjal   
  • २०८२ भाद्र १८, बुधबार १४:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP