• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

    • lumbinisanjal
    • २०८३ जेष्ठ २०, बुधबार १९:१९
    156
    SHARES
    स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

    सुरुङ्गा,२० जेठ । मेचीनगर नगरपालिका–७ स्थित सतिघट्टा चिया बगान क्षेत्रमा स्कुल बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

    आज अपराह्न भएको दुर्घटनामा मेचीनगर–७ निवासी २१ वर्षीय अजय राजवंशी र मोटरसाइकलमा सवार भारतको गलगलिया निवासी ३२ वर्षीय अजय माझीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए।

    दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक राजवंशी र त्यसमा सवार माझीलाई उपचारका लागि मेची प्रादेशिक अस्पताल पुर्‍याइएकामा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका थिए ।



    lumbinisanjal   
  • २०८३ जेष्ठ २०, बुधबार १९:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP