• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    एभरेस्ट माविमा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान , विद्यार्थीको चाहना अनुसार विषय छान्न प्राचार्यको सुझाव 

    • lumbinisanjal
    • २०८२ असार १६, सोमबार २१:२९
    2.4K
    SHARES
    एभरेस्ट माविमा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान , विद्यार्थीको चाहना अनुसार विषय छान्न प्राचार्यको सुझाव 

    बुटवल,१६ असार । एभरेस्ट ई.बो. मावि बुटवल सुख्खानगरले माध्यमिक शिक्षा परीक्षा २०८१ मा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।

    विद्यालयले आइतवार विद्यालयमा एक कार्यक्रम गरेर उच्च शिक्षाकालागि तयारी अवस्थामा रहेका विद्यार्थीलाई सम्मान, बधाई तथा शैक्षिक सफलताकालागि शुभकामना कार्यक्रम गरेको हो ।

    बिद्यालय संचालक समितिका उपाध्यक्ष भिम बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्राचार्य कृष्ण न्यौपानेले एसईई उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा आगामी शैक्षिक सफलताको शुभकामना दिदै कसैको प्रलोभन, दवाब र अरुकै रहरमा बिषय नरोज्न आग्रह गरे ।

    उहाले एसईईको नतिजा आउना साथ विद्यार्थी तथा अभिभावकलाई फोन गर्ने र विभिन्न प्रकारका प्रलोभन देखाउने खालका कृयाकलाप बढेको उल्लेख गर्दै त्यसको पछी नलागेर सही र आफ्नो चाहना अनुसारको बिषय र बिद्यालय छनोट गर्न सुझाव दिए।

    कार्यक्रममा विद्यालयका सहप्राचार्य भिमसेन गौतम, उपप्राचार्य उमेश रेग्मी, अभिभावक भगवती भण्डारी, बिद्यार्थी पवन भण्डारी र एन्जिला पन्थी लगायतले सफल विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै आउने शैक्षिक उपलब्धि हासिल गर्नकालागि मेहनत, लगनशीलता र निरन्तर अध्ययनशिलताको आवश्यकता रहेको बताएका थिए ।

    सो अवसरमा माध्यमिक शिक्षा परीक्षा २०८१ मा ४ जिपीए ल्याउने विद्यार्थी पवन भण्डारीलाई नगद दस हजार सहित सम्मान गरिएको थियो ।

    एसईई परीक्षा २०८१ मा एभरेस्टबाट एक जनाले ४ जिपीए ३.६१ जिपिएदेखि माथी ६९ जनाले, ३.२१ जिपीएदेखि माथी ५९ जनाले र २.८१ माथी २९ जना विद्यार्थी उत्तीर्ण भएको शिक्षक माधव पौडेलले जानकारी दिए ।



    lumbinisanjal   
  • २०८२ असार १६, सोमबार २१:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP