• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026
  • Dark Mode

          Subscribe

    देवदह माविमा सुरज खरेल पुनः अध्यक्ष, अभिभावकको विश्वास फेरि दोहोरियो

    • lumbinisanjal
    • २०८२ चैत्र ११, बुधबार २३:३८
    1.5K
    SHARES
    देवदह माविमा सुरज खरेल पुनः अध्यक्ष, अभिभावकको विश्वास फेरि दोहोरियो

    बुटवल, ११ चैत । देवदह माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सुरज खरेल पुनः चयन भएका छन्। बुधबार सम्पन्न अभिभावक भेलाले उनलाई दोस्रो कार्यकालका लागि निर्वाचित गरेको विद्यालयका प्रधानाध्यापक हरी पाण्डेयले जानकारी दिए।

    अभिभावक भेलाबाट अभिभावक प्रतिनिधिका रूपमा यमकला भट्टराई, धनबहादुर विक, जीवन विक्रम कुँवर र कला राना सर्वसम्मत रूपमा चयन भएका छन्। त्यसपछि बसेको पहिलो बैठकले सुरज खरेल र पूर्णकला बस्याललाई मनोनित गर्दै नेतृत्व चयन गरेको विद्यालयले जनाएको छ।

    यसअघि अध्यक्षका रूपमा कार्यरत रहँदा खरेलले विद्यालयको भौतिक पूर्वाधार विकाससँगै शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको विद्यालयको दाबी छ। यही कारण अभिभावकहरूले पुनः उनैलाई नेतृत्वमा दोहोर्‍याएका हुन्।
    त्यसैगरी, शिक्षक अभिभावक संघको अध्यक्षमा भगवती भट्टराई चयन भएकी छन्।

    अभिभावक भेलामा देवदह नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारी, नगर शिक्षा अधिकृत परशुराम ढकाल लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।



    lumbinisanjal   
  • २०८२ चैत्र ११, बुधबार २३:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP