• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    भारत–पाकिस्तानबीच तनाव : कश्मीरका शैक्षिक संस्था बन्द

    • lumbinisanjal
    • २०८२ बैशाख २४, बुधबार ०९:४२
    2.8K
    SHARES
    भारत–पाकिस्तानबीच तनाव : कश्मीरका शैक्षिक संस्था बन्द

    काठमाडौं ,२४ बैशाख ।   भारतले पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरमा नौ स्थानमा मिसाइल आक्रमण गरेपछि भारत तथा पाकिस्तान दुवैले कश्मीर र पञ्जाब क्षेत्रका विद्यालय तथा कलेजहरू बन्द गर्ने घोषणा गरेका छन्।

    भारतीय अधिकारीका अनुसार जम्मू, साम्बा, काठुआ, रजौरी र पुँछ क्षेत्रमा सबै शैक्षिक संस्थाहरू बन्द गर्ने घाेषणा गरिएकाे हाे ।
    पाकिस्तानले पनि भारतको कारबाहीपछि इस्लामाबाद र पञ्जाबमा विद्यालयहरू बन्द गरेको जनाएको छ। भारतको कश्मीरको पहलगाममा गत महिना भएको आतंककारी हमलामा २६ पर्यटकको मृत्यु भएपछि भारतले यो सैन्य कारबाही गरेको हो।

     



    lumbinisanjal   
  • २०८२ बैशाख २४, बुधबार ०९:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP