• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    डोजर चलाउने तयारीपछि उच्च अदालत बुटवल परिसरबाट सामान उठाउन थालियो

    • lumbinisanjal
    • २०८३ बैशाख १३, आईतवार ०९:२१
    676
    SHARES
    डोजर चलाउने तयारीपछि उच्च अदालत बुटवल परिसरबाट सामान उठाउन थालियो

    बुटवल ,१३ वैशाख । उच्च अदालत बुटवलको अतिक्रमित सरकारी जग्गामा डोजर चलाउने तयारी गरिएको छ । डोजर चलाउने भएपछि त्यहाँ रहेका टहरा तथा पसलबाट सामान उठाउन थालिएको छ ।

    बुटवल उपमहानगरपालिकाले अदालतको अनुरोधमा बुटवल–४, जेसिज चोक उत्तरतर्फको अतिक्रमित जग्गा खाली गराउने तयारी अघि बढाएको हो । सूचना जारी हुने चर्चा चलेसँगै व्यवसायी र संरचना बनाएकाहरू आइतबार बिहानैदेखि सामान सार्न व्यस्त थालेका छन् ।

    उक्त जग्गामा वर्षौंदेखि घरटहरा, पसल तथा विभिन्न संघसंस्थाका भवन रहेका छन् । उपमहानगरपालिकाले चाँडै सूचना निकालेर हटाउने अभियान सुरु गर्ने जनाएको छ ।

    लामो समयदेखि अतिक्रमणमा परेको उक्त जग्गा संरक्षणका लागि यसअघि प्रयास भए पनि सफल हुन सकेको थिएन । अहिले पुनः प्रक्रिया अघि बढेपछि यस क्षेत्रमा हलचल बढेको छ ।



    lumbinisanjal   
  • २०८३ बैशाख १३, आईतवार ०९:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP