• २०८३ आश्विन ३ | Sat, 19 Sep 2026
  • Dark Mode

          Subscribe

    नेपालको संविधान, अधिकार र कर्तव्यबारे रम्भादेवीमा वक्तृत्वकला प्रतियोगिता

    • lumbinisanjal
    • २०८३ आश्विन ३, शनिबार २२:४७
    13
    SHARES
    नेपालको संविधान, अधिकार र कर्तव्यबारे रम्भादेवीमा वक्तृत्वकला प्रतियोगिता

    बुटवल। बुटवल–१२ स्थित रम्भादेवी सेकेण्डरी स्कुलमा ‘नेपालको संविधान, हाम्रो अधिकार र कर्तव्य’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

    संविधान, नागरिक अधिकार तथा कर्तव्यप्रति विद्यार्थीमा जागरूकता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा कक्षा ६ देखि १० सम्मका २२ जना विद्यार्थी सहभागी भएका थिए। सहभागी विद्यार्थीहरूले नेपालको संविधान, मौलिक अधिकार, नागरिकका कर्तव्य, लोकतान्त्रिक मूल्य–मान्यता तथा राष्ट्रिय एकताका विषयमा आफ्ना विचार प्रस्तुत गरेका थिए।

    प्रतियोगितामा मृद्धि पराजुली प्रथम, अनुष्का पराजुली द्वितीय, प्रशान्त भण्डारी तृतीय तथा स्वीकृति रोका सान्त्वना स्थान हासिल गर्न सफल भएका छन्।

    विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा विजयी विद्यार्थीहरूलाई बधाईसहित पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रम विद्यालयका सहप्राचार्य कमल खनालको अध्यक्षतामा सम्पन्न भएको हो।



    lumbinisanjal   
  • २०८३ आश्विन ३, शनिबार २२:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP