• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    सुनसरीमा गोली लागेर एक जनाको मृत्यु

    • lumbinisanjal
    • २०८२ पुष १७, बिहीबार १०:०१
    1K
    SHARES
    सुनसरीमा गोली लागेर एक जनाको मृत्यु

    सुनसरी, १७ पुस । सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ। सशस्त्र प्रहरी बेस क्याम्प बीओपी लौकही नजिकै गोली लागेर एक जनाको मृत्यु भएको हो। गोली लागेर कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। बुधबार मध्यरातमा गोली चलेको प्रहरीले जनाएको छ।

    प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रबहादुर खड्काले अपरिचित व्यक्तिले चलाएको गोली लागेर राति १ बजे साहको मृत्यु भएको बताएका छन्। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

    स्थानीयले भने सशस्त्र प्रहरीले गोली चलाएको दाबी गरेका छन्। तस्करसँग विवाद हुँदा सशस्त्रले गोली चलाएको भन्दै सामाजिक सञ्जालमा स्थानीयले लेखेका छन्।



    lumbinisanjal   
  • २०८२ पुष १७, बिहीबार १०:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP