• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    भिजिट भिसा प्रकरणको छानबिनप्रति असन्तुष्टि, रास्वपा र राप्रपाको संसद् बहिष्कार

    • lumbinisanjal
    • २०८२ असार १०, मंगलवार १३:२०
    3.1K
    SHARES
    भिजिट भिसा प्रकरणको छानबिनप्रति असन्तुष्टि, रास्वपा र राप्रपाको संसद् बहिष्कार

    काठमाडौं ,१० असार ।  भिजिट भिसा प्रकरणमा गठित उच्चस्तरीय छानबिन समितिको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आजको संसद् बैठक पनि बहिष्कार गरेका छन्।

    दुबै दलले गठित समितिले लक्ष्यअनुरूप निष्कर्ष दिन नसक्ने दाबी गर्दै संसद्मा आफ्नो असन्तुष्टि राखेका थिए।

    समितिको विश्वसनीयतामाथि प्रश्न उठाउँदै उनीहरूले संसद् बहिष्कारको निर्णय गरेका हुन्।

    रास्वपा र राप्रपाका सांसदहरूले छानबिन समितिमा पुनर्विचार गर्नुपर्ने माग गर्दै संसद् अवरुद्ध पार्न थालेका हुन्।



    lumbinisanjal   
  • २०८२ असार १०, मंगलवार १३:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP